Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रौतहटमा गोली चल्यो, एक जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
रौतहटमा गोली चल्यो, एक जना घाइते
Photo / Coverage: पर्दाफास

गौर नगरपालिका ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहारबाट एक जना घाइते भएका छन् । गएराती सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ । घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट
OthersJust now

दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट

सशस्त्र प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा भित्र्याइएका रु दुई लाख ५० हजार मूल्य बराबरको पटका नष्ट गरिएको छ । तिहारको समयमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न मिति र स्थानबाट नियन्त्रणमा लिएका पटका नष्ट गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी, मोरङबाट खटिएको सीमा नाका ड्युटी टोलीले विभिन्न समयमा बरामद गरी गुल्ममा ल्याएर राखेको ...

पर्दाफास
जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु
OthersJust now

जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए । गम्भीर घाइते भएका भबिरामको उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे जुनिचाँदे गाउँपालिका–८ पंकस्थित ...

पर्दाफास
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर
OthersJust now

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरे । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play