Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति
Photo / Coverage: टेक्नोलोजी खबर

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ स्थित रुइनिबाङ बजारमा रहेको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पसलभित्र रहेका विभिन्न कम्पनीका मोबाइल फोन तथा मोबाइल मर्मतमा प्रयोग हुने उपकरण र पार्टपुर्जा पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुनिलस्मृति गाउँपालिका–३ रुइनिबाङ बजारमा स्थानीय विकास गुप्ताले सञ्चालन गर्दै आएको लक्ष्मी मोबाइल सेन्टरमा आइतबार राति करिब २ः३० बजे अचानक आगलागी भएको थियो । आगलागीबारे इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पामा बिहान ३ः३० बजे सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिल कुमार चौधरीको कमान्डमा सात जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा बिहान ४ः०० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीका कारण पसलभित्र बिक्रीका लागि राखिएका विभिन्न ब्रान्डका मोबाइल फोन, मोबाइल मर्मतका लागि प्रयोग गरिने पार्टपुर्जा तथा अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ । प्रारम्भिक विवरणअनुसार घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। The post रोल्पाको लक्ष्मी मोबाइल सेन्टरमा आगलागी हुँदा करिब ७० लाख रुपैयाँ बराबरको क्षति appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’
TechnologyJust now

फेसबुक-टिकटकको विकल्प बन्ने लक्ष्यसहित नेपाली युवाको नयाँ सामाजिक सञ्जाल ‘थोप्ला’

काठमाडौं । नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली युवाको पहलमा तयार भएको यस प्लेटफर्ममा हाल १५ हजार ३०० भन्दा बढी प्रयोगकर्ता जोडिएका छन् ।फेसबुक, टिकटक र अन्य अन्तर्राष्ट्रिय सामाजिक सञ्जालको प्रयोग बढिरहेका बेला नेपाली समुदाय, भाषा, संस्कृति र सिर्जनशीलतालाई प्राथमिकता दिएर थोप्ला विकास गरिएको हो ।नेपालमा ...

आइसिटी समाचार
निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने
TechnologyJust now

निजामती कर्मचारी अस्पतालमा अब घरबाटै अनलाइन अपोइन्टमेन्ट लिन सकिने, ७ दिनअघिसम्म बुक गर्न मिल्ने

काठमाडौं । निजामती कर्मचारी अस्पतालले बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन अपोइन्टमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत बिरामीले घरमै बसेर आफूलाई आवश्यक चिकित्सकसँगको भेटका लागि सात दिनअघिसम्म अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।अस्पतालको यस सुविधाले चिकित्सकलाई देखाउन अस्पतालमै पुगेर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । बिरामीले आफ्नो अनुकूल समय छनोट गरी मनपर्ने ...

आइसिटी समाचार
ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका
TechnologyJust now

ह्वाट्सएपबाटै गर्न सकिन्छ व्यवसायको विज्ञापन, जान्नुहोस् सजिलो तरिका

काठमाडौं । पछिल्लो समय डिजिटल माध्यमबाट आफ्नो व्यवसाय, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने क्रम बढ्दो छ । फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालसँगै ह्वाट्सएप पनि व्यवसाय प्रवर्द्धनको प्रभावकारी माध्यम बन्दै गएको छ । ह्वाट्सएपमार्फत ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न, उत्पादन तथा सेवाको जानकारी दिन र विज्ञापनमार्फत नयाँ ग्राहक आकर्षित गर्न सकिन्छ ।ह्वाट्सएपमा विज्ञापन गर्ने विभिन्न तरिका छन् । विशेष गरी ह्वाट्सएप ...

आइसिटी समाचार
किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय
TechnologyJust now

किन अचानक बन्द हुन्छन् वेबसाइट ? जान्नुहोस् वेबसाइट क्र्यास हुनुका १० प्रमुख कारण र बच्ने उपाय

काठमाडौं । तपाईंले कहिले काहीँ कुनै वेबसाइट खोल्न खोज्दा नखुलेको, निकै ढिलो लोड भएको वा अचानक बन्द भएको अनुभव गर्नुभएको होला । इन्टरनेटमा नियमित रूपमा सञ्चालन भइरहेका वेबसाइटहरू पनि विभिन्न प्राविधिक समस्या, साइबर आक्रमण वा मानवीय त्रुटिका कारण क्र्यास हुन सक्छन् ।वेबसाइट क्र्यास हुनु भनेको वेबसाइटले प्रयोगकर्ताको अनुरोधअनुसार काम गर्न नसक्नु वा अस्थायी रूपमा पूर्ण पहुँचबाहिर हुनु हो । यस्तो ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play