नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले झिनो अन्तरको जित निकाल्दै प्रतियोगितामा दोस्रो सफलता हात पारेको हो । ...
रोमाञ्चक खेलमा जनकपुरलाई २ रनले हराउँदै विराटनगरको दोस्रो जित

Read Complete Original Article
Published originally on फरकधार






