रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

काठमाडौं । पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए । नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए । रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए । उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए । पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल गरेको उपलब्धिलाई ध्यानमा राखेर सजाय निर्धारण गरेको जनाएको छ । रोनाल्डोले आफ्नो बचाउका क्रममा व्यक्तिगत उपलब्धि र सम्मानसम्बन्धी विवरणसमेत पेस गरेका थिए । डेनमार्कविरुद्धको खेल भएको दिनदेखि नै निलम्बन लागू हुने भएकाले रोनाल्डोले १९ दिनको सजाय पूरा गरिसकेका छन् । त्यसैले उनले पोर्चुगलको आगामी कुनै पनि खेल गुमाउनुपर्ने छैन । पोर्चुगलले नोभेम्बर १४ मा डेनमार्कसँग पुनः खेल्नेछ भने त्यसको तीन दिनपछि वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगलका प्रशिक्षक जर्ज जेसुसले रोनाल्डोसँग कुनै सहमति नभएको दाबी गरे पनि उनको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावना खुला राखेका छन्। पोर्चुगल फुटबल महासङ्घका अध्यक्ष पेद्रो प्रोएन्साले पनि विवाद समाधान भएपछि रोनाल्डोलाई टोलीमा फर्काउने बलियो चाहना रहेको बताएका छन् । पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन् । दुवै उपलब्धि पुरुष अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमान हुन्। उनको योगदानमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिपसहित दुई पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । रोनाल्डो सन् २०२२ को डिसेम्बरमा साउदी अरेबियाको क्लब अल नासरमा आबद्ध भएका थिए । उनले गत वर्ष क्लबसँग सम्झौता नवीकरण गरेका थिए । The post रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

टाइगर श्राफ लक्षित गोलीप्रहार : जुहुमा साताअघि नै भएको थियो रेकी
मुम्बई । मुम्बईको जुहुस्थित फुटबल मैदानबाहिर आइतबार बलिउड अभिनेता टाइगर श्राफमाथि गोलीप्रहार गर्ने तीन जना पुरुष एक साताअघि अक्टोबर ११ मा पनि सोही स्थानमा आएर केही समय घुमेको पाइएको छ। सीसीटीभी... ...

घटस्थापनादेखि आजसम्म कतिले छाडे काठमाडौँ उपत्यका ?
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी... ...

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा फापरखेत पहिरोले यातायात प्रभावित बनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको... ...

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ को अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। बडादसैँका अवसरमा नवदुर्गाको अवतार स्वरूप राष्ट्रप्रमुखले नवकन्याहरूको पूजाअर्चना गर्ने परम्परा छ। सोही परम्परा अनुसार राष्ट्रपति पौडेलले... ...


