रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन

काठमाडौं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगिज फुटबल महासंघले २५५ युरो अर्थात् झण्डै ४३ हजार ४२० रुपैयाँ जरिवाना गरेको छ । प्रशिक्षकसँगको विवादपछि गत महिना राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोमाथि महासंघको अनुशासन समितिले कारबाही गरेको हो । रोनाल्डोले प्रशिक्षक जोर्गे जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै यसलाई विश्वासको गम्भीर उल्लङ्घन भनेका थिए। तर, प्रशिक्षक जेसुसले भने रोनाल्डोसँग कुनै सम्झौता नभएको दाबी गरेका छन् । रोनाल्डोले यसअघि आफ्नो व्यवहारको जिम्मेवारी स्वीकार गर्दै सहकर्मी र समर्थकसँग माफी मागेका थिए । रोनाल्डोले पोर्चुगलका लागि खेलेका २३४ अन्तर्राष्ट्रिय खेलमा १४६ गोल गरेका छन् । प्रशिक्षण क्याम्प छाडेको प्रकरणमा उनलाई ३० दिन निलम्बन पनि गरिएको छ । The post रोनाल्डोलाई २५५ युरो जरिवाना,३० दिन निलम्बन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपद्का घटनामा एकको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । ...

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’
पेरिस– अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने बताएका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोंको आप्रवासन नीतिलाई जिम्मेवार ठहर्याएका छन्। ट्रम्पले लामो समयदेखि आप्रवासनमा कडाइ गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्। डोनाल्ड ट्रम्पले आफूले करिब आठ वर्षअघि म्याक्रोंलाई अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिनु गल्ती हुने चेतावनी दिएको […] ...

दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ
स्वर्गीय पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित रकम नेपाल पत्रकार महासंघको तर्फबाट स्व. उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ। स्व उपाध्यायकी धर्मपत्नीको मिर्गौला रोगको उपचार र बुबाको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले नेजाको पहलमा संकलन भएको १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा प्र... ...

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली ...


