Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अल नासरले साउदी प्रो लिगमा अल खोलुदलाई ५–३ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा लगातार तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यस ह्याट्रिकसँगै उनको व्यावसायिक फुटबल करियरमा गोल संख्या ९८५ पुगेको छ । खेलको सुरुवात भने अल नासरका लागि सहज रहेन । अल खोलुदका जुलियन डोमिन्गेजले १६औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर अल नासरका एन्जेलो गाब्रिएलले २४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि साडियो मानेले ३८औँ मिनेटमा गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन एसोम्बाले गोल गरेपछि दुवै टोली २–२ को बराबरीमा रहे । दोस्रो हाफमा भने रोनाल्डोले खेल आफ्नो नियन्त्रणमा लिए । उनले ६६औँ मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्दै अल नासरलाई ३–२ को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै फेलिक्सकै अर्को उत्कृष्ट पासमा हेडरमार्फत गोल गर्दै रोनाल्डोले टोलीको अग्रता ४–२ पुर्‍याए । ८१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल पूरा गरे । साडियो मानेले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । यससँगै रोनाल्डोले खेलमा ह्याट्रिक पूरा गर्नुका साथै आफ्नो करियरको गोल संख्या ९८५ पुर्‍याए । उनी करियरमा एक हजार गोलको ऐतिहासिक उपलब्धि हासिल गर्न अब १५ गोल मात्र टाढा छन् । जितसँगै अल नासरले ११ खेलबाट २८ अंक जोडेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यस्तै अल खोलुदको भने ११ खेलमा १२ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ । The post रोनाल्डोको ह्याट्रिकमा अल नासरको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सोलुखुम्बुको डिङबोचेस्थित ‘गुड लक होटल’ मा आगलागी
ताजा खबरJust now

सोलुखुम्बुको डिङबोचेस्थित ‘गुड लक होटल’ मा आगलागी

काठमाडौं । सोलुखुम्बुको डिङबोचेमा रहेको एक होटलमा आगलागी भएको छ । आज बिहान डिङबोचेस्थित गुड लक होटलमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएपछि स्थानीय बासिन्दा र प्रहरी घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी सक्रिय रूपमा जुटिरहेका […] ...

लोकपथ
भोटेकोशी बाढी :  सुरुङभित्र ३७ वटा शव फेला
ताजा खबरJust now

भोटेकोशी बाढी :  सुरुङभित्र ३७ वटा शव फेला

काठमाडौँ । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ वटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको... ...

रातोपाटी
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
ताजा खबरJust now

देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ

• नियमित गस्तीमा रहेको प्रहरीले विभिन्न स्थानबाट ३१ जनालाई औषधि, लागुऔषध र हतियारसहित पक्राउ गरेको छ। • पक्राउ पर्नेमा खैरो हेरोइन, पेस्तोल र अन्य लागुऔषधका सामग्रीहरू समावेश छन्। • पक्राउ गरिएका व्यक्तिहरूको उपचार र अनुसन्धान जारी रहेको छ। ...

नेपालबहस
म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा
ताजा खबरJust now

म्यान अफ द म्याचको पुरस्कार सडकका जनावरको संरक्षणमा खर्च गर्ने सोमपालको घोषणा

बिहीबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि सोमपालले सामाजिक सञ्जालमार्फत पुरस्कार रकम सृजना ठकुरीलाई सहयोगस्वरूप दिने बताएका हुन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play