Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । पोर्चुगलले आफ्ना महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा राष्ट्रिय टोलीको ७ नम्बर जर्सीको डिजाइन परिवर्तन गरेको छ । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएपछि पोर्चुगलले उनको ऐतिहासिक जर्सी नम्बरलाई सधैँका लागि विशेष बनाउने उद्देश्यले नयाँ डिजाइन सार्वजनिक गरेको हो । पोर्चुगल फुटबल सङ्घले ७ नम्बरको बीचमा तेर्सो धर्सा थपेर नयाँ डिजाइन तयार पारेको छ । यसअघि रोनाल्डोले आफ्नो नाममा चिनिएको ७ नम्बर लेख्दा प्रयोग गर्ने शैलीसँग मिल्ने गरी नयाँ डिजाइन बनाइएको हो । सङ्घले सामाजिक सञ्जालमा ‘नयाँ ७ को सुरुवात, किनकि एउटा ७ सधैँ अमर रहनेछ’ भन्ने सन्देशसहित नयाँ डिजाइन सार्वजनिक गरेको छ । रोनाल्डोको सन्न्यासपछि डेनमार्कविरुद्धको खेलमा पोर्चुगलले उनलाई विशेष सम्मानसमेत गरेको थियो । जर्सी नम्बर ७ लाई औपचारिक रूपमा हटाउनुको सट्टा नयाँ स्वरूप दिएर पोर्चुगलले आफ्नो फुटबल इतिहासमा रोनाल्डोको योगदान र विरासतलाई स्थायी रूपमा जोड्ने प्रयास गरेको छ । ४१ वर्षीय रोनाल्डोले नोभेम्बर ५ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका थिए । उनले २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा २३४ खेल खेल्दै कीर्तिमानी १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोपेली च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यस्तै, उनले सन् २०१९ र २०२५ मा युईएफए नेसन्स लिगको उपाधिसमेत जितेका थिए। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२६ सेप्टेम्बर २४ मा वेल्सविरुद्ध भएको थियो, जसमा पोर्चुगल १–० ले विजयी भएको थियो । The post रोनाल्डोको सम्मानमा पोर्चुगलले बदल्यो ७ नम्बरको जर्सीको डिजाइन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
Latest NewsJust now

झापा र सुनसरीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

विराटनगर । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाको... ...

रातोपाटी
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल
Latest NewsJust now

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । ...

कान्तिपुर
चलचित्र ‘बा: एक योद्धा’ ५१औँ दिनमा प्रवेश, कति कमायाे ?
Latest NewsJust now

चलचित्र ‘बा: एक योद्धा’ ५१औँ दिनमा प्रवेश, कति कमायाे ?

काठमाण्डु– चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ । असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाः एक योद्धा’ ललितपुरको ग्वार्कोमा अवस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मानाएको हो । बक्सअफिसमा औसत देखिएको ‘बाः एक योद्धा’लाई पब्लिक रिभ्यू राम्रो मिल्दा यसपछिका कतिपय सिनेमा हलबाट बाहिरिसक्दा पनि यो भने केही हलमा अझै प्रदर्शनरत छ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play