Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रोनाल्डोको सन्यासपछिको पहिलो खेलमै पोर्चुगलको डेनमार्कसँग लज्जास्पद हार

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोनाल्डोको सन्यासपछिको पहिलो खेलमै पोर्चुगलको डेनमार्कसँग लज्जास्पद हार
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युईएफए नेसन्स लिगअन्तर्गत गएराति भएको खेलमा डेनमार्कले पोर्चुगललाई ४–१ गोलले पराजित गरेको छ । पोर्चुगलको घरेलु मैदान ब्रागामा भएको खेलमा डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीको लगातार चार खेलको जित यात्रामा पूर्णविराम लगाएको हो । डेनमार्कको जितमा रासमुस होइलुन्डले दुई गोल गरे भने पिएरे एमिल होइबियर्ग र जोआखिम एन्डरसनले एक–एक गोल गरे । खेलको ४३औँ मिनेटमा पेनाल्टीमार्फत होइबियर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ५०औँ मिनेटमा होइलुन्डले अग्रता दोब्बर बनाए। उनले ५७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कलाई ३–० को स्थितिमा पुर्‍याए। खेलको ७५औँ मिनेटमा एन्डरसनले गोल गरेपछि डेनमार्क ४–० ले अघि बढेको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेपछि टोलीले खेलेको यो पहिलो खेल थियो । खेलअघि रोनाल्डोको सम्मानमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । तर, उनको अनुपस्थितिमा पोर्चुगलले निराशाजनक नतिजा बेहोरेको छ । हारका बाबजुद पोर्चुगल समूह ‘ए४’ मा १२ अंकसहित शीर्ष स्थानमा कायम छ । डेनमार्क ९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगलले यसअघि पहिलो भेटमा डेनमार्कलाई उसकै मैदानमा ४–२ गोलले पराजित गरेको थियो । समूह चरणको एक खेल बाँकी रहँदा पोर्चुगलले क्वार्टरफाइनलमा स्थानसमेत सुरक्षित गरिसकेको छ । अब पोर्चुगलले अन्तिम खेलमा वेल्सको सामना गर्नेछ भने डेनमार्कले नर्वेसँग खेल्नेछ । The post रोनाल्डोको सन्यासपछिको पहिलो खेलमै पोर्चुगलको डेनमार्कसँग लज्जास्पद हार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play