Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर
Photo / Coverage: कर्पोरट खबर

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बुधबार चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिएको अवस्थामा अचानक ब्याक भएर तल खसेको हो । दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ । दुर्घटनामा चालक सिरानचोक गाउँपालिका–५ भाँगेका ४० वर्षीय वीरबहादुर गुरुङको अवस्था सामान्य रहेको छ । त्यस्तै, ट्याक्सीमा सवार सिरानचोक गाउँपालिका–२ मैपतेकी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियारको अवस्था गम्भीर रहेको छ । गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै दाहिने खुट्टा र छातीमा चोट लागेको छ । त्यसैगरी, अन्दाजी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो । दुर्घटनास्थल प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब सात किलोमिटर उत्तरमा पर्दछ । The post रोकिराखेको ट्याक्सी ब्याक हुदा दुर्घटना, दुई जनाको अवस्था गम्भीर appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालगृहका बालबालिकाको सामूहिक भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति […] ...

काठमाण्डुपाटी
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा
Latest NewsJust now

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play