काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन् । रायमाझी ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाएर रिहा भएका हुन् । काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारलाई संशोधित कैदीपुर्जी पठाएको थियो । रायमाझीलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए । The post रिहा भए टोपबहादुर रायमाझी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
रिहा भए टोपबहादुर रायमाझी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






