रिहापछि पत्रकार सुवेदीले भने : ‘प्रहरीप्रतिको पुरानो विश्वासमा धक्का पुगेको छ’

काठमाडौं । नेपाल प्रेसको न्युजरुमबाट पक्राउ परेका पत्रकार विश्वमणि सुवेदी रिहा हुनुभएको छ । रिहाइपछि नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सुवेदीले प्रहरी प्रशासनप्रतिको आफ्नो पुरानो विश्वासमा धक्का पुगेको बताउनुभएको छ । उहाँले सधैँ प्रहरी प्रशासनमाथि विश्वास राखेर आफ्नो पत्रकारिताको कर्तव्य निर्वाह गर्दै आएको र प्रहरीप्रति उच्च सम्मान रहेको बताउनुभयो । तर समाचार कक्षमै प्रवेश गरेर समाचारको विषयलाई लिएर सोधपुछ गर्नुका साथै नियन्त्रणमा लिइएको घटनाले आफूलाई दुःखी बनाएको उहाँको भनाइ छ । ‘मैले सधैँ प्रहरी प्रशासनमाथि विश्वास गरेर आफ्नो कर्तव्य निर्वाह गरेँ। प्रहरी प्रशासनप्रति मेरो सधैँ उच्च सम्मान थियो। तर आज समाचार कक्षमै पसेर समाचारको विषयलाई लिएर जसरी मसँग सोधपुछ गरियो र नियन्त्रणमा लिइयो, त्यसले मलाई साह्रै चित्त दुखेको छ। यसले प्रहरीप्रतिको मेरो पुरानो विश्वासमा धक्का पुगेको छ,’ सुवेदीले भन्नुभयो । आफू पक्राउ पर्दा ऐक्यबद्धता जनाउने, साथ र समर्थन व्यक्त गर्ने सम्पूर्ण साथीभाइ तथा शुभचिन्तकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
![फेटामा अस्पताल उद्घाटनमा गोली चल्दा बालक गम्भीर, स्थिति तनावग्रस्त [भिडियो]](https://hamrakura.com/uploads/news/images/feta-tanab.jpg)
फेटामा अस्पताल उद्घाटनमा गोली चल्दा बालक गम्भीर, स्थिति तनावग्रस्त [भिडियो]
बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटन कार्यक्रमका क्रममा गोली चल्दा ...

पत्रकार पक्राउलगत्तै बोलाइएको रास्वपा सचिवालय बैठक (तस्बिरहरू)
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। शुक्रबार साँझ पत्रकार पक्राउ प्रकरणलगत्तै रास्वपा सभापति रवि लामिछानेले बैठक बोलाएका थिए। ...

युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
Reuters रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अत्यावश्यक ठानिएका ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले स्वीकृति दिएको छ।तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती क्षेप्यास्त्र युक्रेन आइपुग्न 'केही वर्ष' लाग्न ...

वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना
प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ । ...


