काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २२ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३९ प्रतिशत कम हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २५ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफामा गिरावट आए पनि कम्पनीको जीवन बीमा कोष र बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३५.३१ प्रतिशतले बढेर १९ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कोष १४ अर्ब ३१ करोड २३ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन २३.०६ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको खुद बीमाशुल्क आर्जन २३.८५ प्रतिशतले बढेको छ। कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको सेयर प्रिमियममा १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३ लाख रुपैयाँ रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ७३ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ६३ लाख १४ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ८१ करोड ३४ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, अन्य इक्विटीमा २ करोड ७३ लाख रुपैयाँ रहेको थियो। नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत ईपीएस १७.६३ रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १९.९० रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २६.०३ गुणा रहेको छ। The post रिलायबल लाइफको नाफामा गिरावट, जीवन बीमा कोष ३५ प्रतिशत बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
रिलायबल लाइफको नाफामा गिरावट, जीवन बीमा कोष ३५ प्रतिशत बढ्यो

Read Complete Original Article
Published originally on कर्पोरट खबर






