Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

रास्वपा सांसद मनिष झाले दिए चेतावनी- ‘सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपा सांसद मनिष झाले दिए चेतावनी- ‘सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ’
Photo / Coverage: पर्दाफास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आयोजना अलपत्र पार्ने नभई निर्धारित योजनाअनुसार सम्पन्न गर्न सरकारसँग स्पष्ट कार्ययोजना माग गरेका छन् । उनले भने,‘ यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन ।’ सार्वजनिक लेखा समितिको बैठकमा सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा भएको ढिलाइ र ठेक्का रद्द गरिएको विषयमा भएको छलफलका सन्दर्भमा सांसद झाले उक्त माग गरेका हुन् । सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि तथा सिँचाइसँग प्रत्यक्ष जोडिएको महत्त्वपूर्ण आयोजना भएको उल्लेख गर्दै यसको निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरे । उनका अनुसार आयोजनाअन्तर्गत निर्माण गरिएको १३.३ किलोमिटर लामो सुरुङको ब्रेकथ्रु सन् २०२४ मे महिनामै भइसकेको भए पनि बाँधलगायतका संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । उनले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण, यसबाट भएको आर्थिक तथा कृषि क्षेत्रको सम्भावित क्षति र आगामी दिनमा आयोजना अघि बढाउने सरकारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले भने, ‘यो प्रोजेक्ट रोकिँदा तराईका खेतमा पानी नपुगेर कति अवसर गुम्यो ? कतिवटा सिजनमा खेतले पानी पाएनन् ? कतिवटा खेती सिँचाइबिनै भए ? त्यो क्षतिको हिसाब कसले गर्ने ? एक लाख ८० हजार बिघामा पानी पुगेको भए कति खेती हुन्थ्यो ? उत्पादन कति हुन्थ्यो ? आयोजना रोकिएर अघि नबढ्नुको कारण के हो, के बदमासी देखियो र आगामी दिनमा यसलाई कसरी अघि बढाउने भन्ने तीनवटा कुरामा थप स्पष्टता चाहिएको छ । मधेससँग देखाउनलाई न हिमाल छ, न हामीसँग जलविद्युत् उत्पादन गर्ने स्रोत छ ।’ झाले आयोजना समयमै सम्पन्न हुन नसक्दा सिँचाइको अभावमा किसानले गुमाएको अवसर र उत्पादनको हिसाब सरकारले गर्नुपर्ने बताए । एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुगेको भए हुने कृषि उत्पादन र त्यसबाट प्राप्त हुने आर्थिक लाभको समेत मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो । यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो । आयोजनाको ठेक्का रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो । बोलपत्र प्रक्रियाका सबै चरण पूरा भई आर्थिक प्रस्ताव खोल्ने अवस्थामा पुगेपछि अन्तिम समयमा ठेक्का रद्द गरिएको उजुरीमा उल्लेख छ । ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति पुग्नुका साथै आयोजना निर्माणमा थप ढिलाइ हुने दाबी उजुरीकर्ताले गरेका छन् । बैठकमा नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारसम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि पनि छलफल भएको थियो । यस विषयमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसँग समेत छलफल गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनएमबि बैंकले जित्यो भिसाका दुई प्रतिष्ठित अवार्ड, डिजिटल बैंकिङमा उत्कृष्ट योगदानको कदर
OthersJust now

एनएमबि बैंकले जित्यो भिसाका दुई प्रतिष्ठित अवार्ड, डिजिटल बैंकिङमा उत्कृष्ट योगदानको कदर

एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्रदान गरिएको हो। यी सम्मानले डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा बैंकले गर्दै आएका नवीनतम प्रयास र उपलब्धिलाई थप पुष्टि गरेको बैंकले जनाएको छ। बैंकले ग्राहकको दैनिक ...

पर्दाफास
रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न
OthersJust now

रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिह्न

काठमाण्डु- नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा बढुवा भएका छन्। मन्त्रिपरिषद्को गत मंसिर ४ गतेको निर्णयअनुसार बढुवा भएका थापालाई प्रधान सेनापति अशोकराज सिग्देलले सोमबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरे। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्यही कार्यक्रममा उपरथी दर्जामा बढुवा भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको […] ...

काठमाण्डुपाटी
नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह
OthersJust now

नेपाली सेनाको रथीमा बढुवामा भएका थापालाई दर्ज्यानी चिन्ह

थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ । ...

अनलाइन खबर
कांग्रेस रास्वपाभित्रको कचकच र उपद्रोमा प्रवेश गर्दैन : गगन थापा
OthersJust now

कांग्रेस रास्वपाभित्रको कचकच र उपद्रोमा प्रवेश गर्दैन : गगन थापा

‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौं ।’ ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement