Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

रास्वपामा आफूखुसी उम्मेदवारी घोषणा गर्न रोक, यस्तो छ ७ बुँदे निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपामा आफूखुसी उम्मेदवारी घोषणा गर्न रोक, यस्तो छ ७ बुँदे निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीका विभिन्न तहका अधिवेशन, आन्तरिक निर्वाचन तथा आगामी सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ । आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी तथा उम्मेदवार क्लबमा आबद्ध सबैलाई निर्वाचनसम्बन्धी आचारसंहिता र विधिको पूर्ण पालना गर्न निर्देशन दिइएको छ । निर्देशनमा पार्टीको विधान, कार्यविधि र आधिकारिक निर्देशनविपरीत कुनै पनि तहमा अनधिकृत वा समानान्तर गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ । व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्की प्रयोग गरेर निर्वाचन प्रक्रियालाई प्रभावित पार्न नपाइने आयोगले स्पष्ट पारेको छ । सबै योग्य सदस्यलाई समान अवसर सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ । स्थानीय तहको उम्मेदवार छनोटबारे स्पष्ट पार्दै आयोगले ‘उम्मेदवार क्लब’ मा आबद्ध हुनु वा उम्मेदवारीका लागि आवेदन दिनु नै अन्तिम उम्मेदवारीको सुनिश्चितता नभएको जनाएको छ । नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचन (प्राइमरी) लगायतका प्रक्रिया पूरा भएपछि मात्रै पार्टीले उम्मेदवारबारे अन्तिम निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ । यसअघि नै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफूखुसी उम्मेदवारी घोषणा गर्ने तथा प्रचारप्रसार गर्ने कार्यलाई पनि विधिविपरीत ठहर गरिएको छ । त्यस्तै, अधिवेशनको आधिकारिक मिति र कार्यतालिका सार्वजनिक नभएसम्म नेतृत्वका लागि उम्मेदवारी घोषणा र प्रचारप्रसार गर्न नपाइने निर्देशन दिइएको छ । आयोगले निर्वाचन आचारसंहिताअन्तर्गत आर्थिक लेनदेन, उपहार, भोजभतेर, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोगलाई पूर्ण रूपमा निषेध गरेको छ । पार्टीका आन्तरिक दस्ताबेज, निर्णय, पत्राचार तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि निर्देशन दिइएको छ । आधिकारिक स्वीकृतिबिना यस्ता सूचना सार्वजनिक वा दुरुपयोग नगर्न आयोगले सचेत गराएको छ । निर्देशन तथा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्तिलाई कसुरको गम्भीरताका आधारमा उम्मेदवारी खारेज, निर्वाचन प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन र पार्टी सदस्यता समाप्त गर्नेसम्मको कारबाही गरिने आयोगले चेतावनी दिएको छ । पद, पहुँच वा प्रभावका आधारमा कसैलाई पनि विधिभन्दा माथि रहने छुट नहुने आयोगको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला
Latest NewsJust now

उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई ती सवारी हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन्। ट्राफिक प्रहरीले विभिन्न ...

केन्द्रबिन्दु
तिहारको बिदामा आयल निगमको डिपो खुला रहने
Latest NewsJust now

तिहारको बिदामा आयल निगमको डिपो खुला रहने

काठमाण्डु – पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगञ्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगञ्ज, दाङ, जनकपुर, चारआली, वीरगञ्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । ...

काठमाण्डुपाटी
नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
Latest NewsJust now

नवनियुक्ति भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।  शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। उनी कात्तिक १७ मा नेपाल आइपुगेका थिए।  त्यस्तै, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल प... ...

नेपालखबर
गरिमा विकास बैंकको २० औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने
Latest NewsJust now

गरिमा विकास बैंकको २० औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ गरिमा रोड रेसको तेस्रो संस्करण ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी २०८३ मंसिर ५ गते, शनिबार काठमाडौंमा सञ्चालन हुनेछ । स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विकास बैंकले विसं २०८१ साल देखि ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play