Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

रास्वपाद्वारा ‘झोले युग’ अन्त्यको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाद्वारा ‘झोले युग’ अन्त्यको घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालको राजनीतिमा वर्षौंदेखि कायम रहेको ‘झोले संस्कृति’ र पहिचानलाई अन्त्य गर्ने उद्देश्यसहित नयाँ अभियानको सुरुवात गर्नुभएको छ । राजनीतिक दलका विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै देश रूपान्तरणका लागि राजनीतिमा होमिएका कार्यकर्तालाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै उहाँले रास्वपालाई यस्तो संकीर्ण पहिचानबाट पूर्णरूपमा मुक्त गराउनुपर्ने स्पष्ट पार्नुभयो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित रास्वपा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीका आगामी हरेक प्रशिक्षण, अधिवेशन तथा महाधिवेशनजस्ता औपचारिक कार्यक्रममा अबदेखि परम्परागत झोलाको साटो आधुनिक ‘फाइल’ र ‘स्मार्ट डायरी’ प्रयोग गर्ने नीति लागू गरिएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘आजको यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोच बनाएको छु । हामी कसैको झोला बोक्ने होइनौं, कसैको पछि लाग्ने पनि होइनौं, देश निर्माणका लागि सँगै हिँड्ने हो । त्यसैले झोलालाई छाडेर अब एक किसिमको स्मार्ट डायरी र फाइल प्रणालीको सुरुवात गरौं ।’ उहाँका अनुसार कार्यक्रममा सहभागीलाई वितरण गरिने फाइलभित्र नागरिकका जल्दाबल्दा मुद्दा, गुनासा, समस्या तथा रचनात्मक सुझाव संकलन गरेर राख्न सकिनेछ । साथै, उक्त फाइलमा आधुनिक प्रविधिका साधन जस्तै ल्यापटप, आइप्याड र अन्य आवश्यक अध्ययन सामग्री सहजै अटाउनसक्ने संरचना बनाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले पार्टी र यसका गतिविधिहरूलाई बाह्य प्रायोजक वा विभिन्न गैरसरकारी (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी (आइएनजीओ) संस्थाहरूको वित्तीय सहयोगबाट पूर्णरूपमा मुक्त राख्नुपर्नेमा विशेष जोड दिनुभयो । रास्वपा कुनै पनि संस्थाको आर्थिक प्रभाव वा प्रायोजनमा चल्न नसक्ने स्पष्ट पार्दै उहाँले पार्टीका हरेक कार्यक्रमहरू आफ्नै आन्तरिक स्रोत र सदस्यहरूको स्वेच्छिक सहयोगमा सञ्चालन गरिने बताउनुभयो । ‘हामीलाई कुनै आयोजक वा प्रायोजकको आवश्यकता छैन’, उहाँले थप्नुभयो, ‘झोलाको युगबाट निस्किएर फाइलको युगमा प्रवेश गरेपछि हामी आत्मनिर्भर बन्नुपर्छ । हुनेले आफ्नै खर्चमा सामग्री किन्ने र नहुने साथीहरूका लागि आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गरिदिने अभियान हामी आफैंबाट सुरु गरौं ।’ सोही अवसरमा उहाँले कर्णालीका दूरदराजका जिल्ला मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतबाट प्रशिक्षणमा सहभागी हुन आएका आर्थिक रूपमा कमजोर कार्यकर्तालाई अतिरिक्त भार नपरोस् भन्ने हेतुले व्यक्तिगत तर्फबाट कम्तीमा दशजना सहभागीका लागि आवश्यक फाइल खरिद गरिदिने घोषणा समेत गर्नुभयो । पार्टीभित्र आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई सक्षम साथीहरूले सहयोग गर्ने परम्परा बसाउनुपर्ने उहाँको भनाइ थियो । चुनावको जित-हारसँग विकास सौदाबाजी गर्दैनौंप्रशिक्षण कार्यक्रममा बोल्दै सभापति लामिछानेले चुनावी परिणाम जे-जस्तो आए पनि कर्णाली प्रदेशको विकास, समृद्धि र प्राथमिकतामा रास्वपाले कुनै पनि किसिमको विभेद नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत निर्वाचनमा कर्णालीमा रास्वपाको संसदीय उपस्थिति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उहाँले चुनावी जित-हारलाई विकासका पूर्वाधारसँग जोडेर हेर्न नहुने तर्क गर्नुभयो । ‘हाम्रा उम्मेदवारलाई विजयी गराउनु वा नगराउनुको कर्णालीको विकाससँग कुनै साइनो छैन । कर्णालीले विकास मागेको छ, खोजेको छ,’ उहाँले प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘हामी जीवनभर चुनाव हारौं वा रास्वपा सरकारमा रहोस्, कर्णालीका जनताले हामीलाई एक भोट पनि नदिए पनि यो प्रदेश सधैं हाम्रो प्राथमिकताको माथिल्लो क्रममा रहनेछ ।’ उहाँले अन्य परम्परागत दलहरू जस्तो ‘हाम्रा उम्मेदवार जिताएमात्रै पुल र बाटो बनाइदिन्छौं’ भनेर कर्णालीका जनतासँग विकासको सौदाबाजी गर्न आफूहरू नआएको बताउनुभयो । रास्वपा चोखो मन र स्पष्ट दृष्टिकोण बोकेर कर्णालीका वास्तविक समस्या र मुद्दाहरूलाई संसद् र सरकारको केन्द्र भागमा उठाउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । सम्बोधनका क्रममा लामिछानेले पार्टीभित्र कडा अनुशासनको पालना हुनुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण अवधिभर मोबाइल फोन बन्द गरेर सहभागी हुन निर्देशन दिँदै उहाँले राजनीतिक जीवनलाई सार्थक बनाउन अनुशासन अनिवार्य शर्त भएको उल्लेख गर्नुभयो । साथै, केन्द्रीय नेताहरूसँग फोटो खिचेकै आधारमा स्थानीय तहको निर्वाचनमा टिकट दाबी नगर्न उहाँले कार्यकर्तालाई सचेत गराउनुभयो । फोटो खिच्नुलाई केवल स्मृति र प्रेमको प्रतीकका रूपमा लिनुपर्ने तर त्यसलाई पार्टीभित्र प्रभाव जमाउने वा टिकट बेच्ने माध्यम बनाउन नपाइने उहाँको स्पष्ट निर्देशन थियो । विगतमा अन्य पुराना दलका कार्यकर्तालाई ‘झोले’ र रास्वपाका समर्थकलाई ‘खरानी घण्टे’जस्ता शब्द प्रयोग गरेर टिप्पणी गर्ने गरिएको स्मरण गराउँदै उहाँले राजनीतिलाई चुनाव जित्ने माध्यम मात्र नभई निरन्तर रूपान्तरणको प्रक्रियाका रूपमा बुझ्न आग्रह गर्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ
Latest NewsJust now

बोडेको ‘होल्डिङ सेन्टर’ पुगेर मन्त्री रावलले भनिन्: तपाईँहरू जहाँ बसिरहनु भएको छ, त्यहीँको लालपुर्जा पाउनु हुन्छ

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा पुगेर विस्थापित सुकुम्बासीलाई सरकारले अलपत्र नपार्ने बताएकी छन्।  गएको शुक्रबार साँझ होल्डिङ सेन्टरमा पुगेकी उनले त्यहाँ बसिरहेका विस्थापितलाई स्थानीय पालिकामा जग्गा दिलाउने अन्तिम प्रक्रियामा सरकार रहेको दाबी गरेकी हुन्।  उनले जग्गा प्राप्त... ...

नेपालखबर
राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन
Latest NewsJust now

राष्ट्रपतिद्वारा श्वेतकाली नाच अवलोकन

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँमा भइरहेको १२ बर्से श्वेतकाली नाच अवलोकन गर्नुभएको छ । शनिबार हनुमानढोकास्थित नासल चोक डबलीमा आयो... ...

गोरखापत्र
बेलायतको पेन्सन विभागमा साइबर आक्रमण
Latest NewsJust now

बेलायतको पेन्सन विभागमा साइबर आक्रमण

काठमाडौं । बेलायतको सबैभन्दा बढी बजेट खर्च गर्ने सरकारी विभाग डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनमाथि ठूलो साइबर आक्रमण भएको छ । विभागले शनिबार यसको पुष्टि गर्दै पछिल्ला केही दिनदेखि आफ्ना प्रणाली बन्द गर्न बाध्य पार्ने घटना नियोजित साइबर आक्रमण भएको जनाएको छ । डिपार्टमेन्ट फर वर्क एन्ड पेन्सनले सेवानिवृत्त नागरिक र सरकारी कल्याणकारी सहायता प्राप्त गर्ने लाखौँ व्यक्तिलाई पेन्सन तथा विभिन्न ...

केन्द्रबिन्दु
म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमै ब्रेन्टफोर्डसँग ४–० को लज्जास्पद हार

काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डसँग ४–० गोलअन्तरले पराजित भएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले घरेलु समर्थकमाझ लज्जास्पद हार बेहोरेको हो । ब्रेन्टफोर्डको जितमा क्यालम विल्सनले दुई गोल गरे भने क्रिस्टोफर आयर र केभिन शाडेले एक–एक गोल गरे । खेलको १९औँ मिनेटमा डाङ्गो ओउटाराको पासमा विल्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए । उनले ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement