Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहनेछन् । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल यही कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा १९ सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । सो भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ । भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहनेछन् । The post रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त
Latest NewsJust now

एनभिडियाको अन्तरिम सीईओमा कोलेट क्रेस नियुक्त

काठमाडौँ। अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सञ्चालक समितिले बिहीबार प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। यसअघि कम्पनीका अध्यक्ष, सीईओ तथा सञ्चालक समिति सदस्य जेन्सेन... ...

रातोपाटी
यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त
Latest NewsJust now

यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

• नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना व्यक्त गरेको छ। • महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारसँग घाइतेको उपचार र राहतको व्यवस्था गर्न आग्रह गर्दै विद्युतीय सवारीसाधनको सुरक्षा मापदण्डमा सुधार गर्नुपर्ने बताएका छन्। • दुर्घटनामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ। ...

नेपालबहस
मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल
Latest NewsJust now

मधेशमा छठ पर्वको रौनक : घाट सिँगारिए, बजारमा चहलपहल

काठमाडौं। लोकआस्था, प्रकृति पूजा र सामाजिक सद्भावको प्रतीक मानिने छठ पर्वको रौनकले यतिबेला मधेश प्रदेशका गाउँदेखि सहरसम्म उत्सवमय बनेको छ। चार दिनसम्म श्रद्धा र निष्ठाका साथ मनाइने यो पर्वका लागि नदी, तलाउ तथा जलाशयका किनारमा घाट निर्माण र सरसफाइका काम अन्तिम चरणमा पुगेका छन्। जनकपुरधामका ऐतिहासिक सरोवरहरू गंगासागर, धनुषसागर र महाराजसागरलगायतका पोखरीहरूलाई बेहुलीझैँ सिँगारिएको छ। महोत्तरीको मटिहानीस्थित बिग्ही नदीमा करिब डेढ ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play