Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रास्वपाका पदाधिकारीसहित २० जना सांसद चीन प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
रास्वपाका पदाधिकारीसहित २० जना सांसद चीन प्रस्थान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीसहित २० सांसद ११ दिने चीन भ्रमणमा निस्किएका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आज विहान चीन प्रस्थान गरेको हो । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत सहरको भ्रमण गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा चीनले प्रविधि, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, औद्योगिक विकास तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा हासिल गरेका उपलब्धिबारे अध्ययन गरिने रास्वपाले जनाएको छ । चीनको कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, औद्योगिक उत्पादन तथा उद्यमशीलता विकासका विषयमा अध्ययन गर्नेछ । चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेको थियो । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको छ । The post रास्वपाका पदाधिकारीसहित २० जना सांसद चीन प्रस्थान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play