Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण गर्ने र रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य तथा सिद्धान्त कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध संगठन (ओपीसीडब्ल्यू) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनमा बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपीसीडब्ल्यूका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । उनले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तर्राष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ । उनले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको विपक्षमा नेपाल रहेको बताइन् । राजदूत लम्सालले अतिकम विकसित मुलुकमा संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धि गर्न रासायनिक हतियार निषेध संगठनको निरन्तर सहयोग, तालिम तथा क्षमता विकास आवश्यक भएको बताइन् । कृत्रिम बौद्धिकता र जैविक प्रविधिलगायत विज्ञान तथा प्रविधिमा भइरहेका नयाँ विकासले निम्त्याउन सक्ने चुनौती सम्बोधन गर्न निरन्तर संवाद र सहकार्य आवश्यक रहेकामा नेपालले जोड दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नदीजन्य उद्दार सामाग्री परीक्षण
Latest NewsJust now

नदीजन्य उद्दार सामाग्री परीक्षण

• बागलुङमा नदीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यका लागि आधुनिक उद्धार डुङ्गा र सामग्रीको परीक्षण भइरहेको छ। • रु सातलाख खर्च गरेर जुटाइएका सामग्री सशस्त्र प्रहरी गुल्म बागलुङले विपद्को समयमा प्रयोग गर्नेछ। • विभिन्न सङ्घसंस्थाको सहयोगमा यी सामग्रीहरू खरिद गरिएको हो। ...

नेपालबहस
नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण
Latest NewsJust now

नेपाल–चीन सहकार्यमा हाइब्रिड धानको सफल परीक्षण

मोहसिन अलीभरतपुर, मङ्सिर १० गते । चीनको चोङछिङबाट प्राप्त कृषि प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण खेती सफल भएको छ । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्या... ...

गोरखापत्र
इरानसँग रुस र चीन कम संलग्न रहेको  ट्रम्पको भनाइ
Latest NewsJust now

इरानसँग रुस र चीन कम संलग्न रहेको ट्रम्पको भनाइ

पाम बिच, संयुक्त राज्य अमेरिका, मङ्सिर ११ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग रुस र चीनले कृत्तिम बुद्धिमत्ता (एआई) को आदानप्रदान गरेको विषयलाई कम महत्त्व दिँ... ...

गोरखापत्र
नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता
Latest NewsJust now

नेपालको डिजिटल भुक्तानी विस्तारमा सहकार्य बढाउने भिसाको प्रतिबद्धता

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र समावेशी बनाउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मा यस्तो प्रतिबद्धता दोहोर्‍याएको हो । ‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ नारासहित आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था, सरकार, नियामक निकाय र भुक्तानी क्षेत्रका २०० भन्दा बढी प्रतिनिधि सहभागी थिए ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement