राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्या पूजन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा नवदुर्गाका अवतारका रूपमा नौ जना कन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित विशेष धार्मिक अनुष्ठानमा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले परम्परागत विधिअनुसार नवकन्याको गोडा धोएर टीका लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई दक्षिणा तथा उपहारसमेत प्रदान गरेका थिए। नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा राष्ट्रप्रमुखबाट नवदुर्गास्वरूप नवकन्याको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। सोही ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति भवनमा वैदिक विधिपूर्वक कन्या पूजन गरिएको हो। दुर्गा भवानीका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको प्रतीकका रूपमा नौ जना कन्याको पूजा गर्ने धार्मिक मान्यता छ। पूजाका क्रममा राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले कन्याहरूको गोडा जलले धोएर निधारमा रातो टीका तथा जमरा लगाइदिएका थिए। उनीहरूले कन्याहरूलाई वस्त्र, फलफूल र दक्षिणासमेत प्रदान गरेका थिए। हिन्दू धार्मिक मान्यताअनुसार नवरात्रमा बालिकालाई देवीशक्तिको प्रतीक मानेर पूजा गर्ने परम्परा छ। यस्तो पूजाले मुलुकमा सुख, शान्ति र समृद्धि कायम हुने तथा दैवी शक्तिको प्रभाव स्थापित हुने धार्मिक विश्वास रहिआएको छ। सो अवसरमा पुरोहितहरूले स्वस्तिवाचन गर्नुका साथै दुर्गा सप्तशती (चण्डी) का मन्त्रहरू पाठ गरेका थिए। घटस्थापनादेखि सुरु हुने दशैंका धार्मिक अनुष्ठानमा शक्तिपीठ तथा घरघरमा गरिने कन्या पूजालाई महत्त्वपूर्ण कृत्यका रूपमा लिइन्छ।
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

विपद्का घटनामा एकको मृत्यु, ११ घाइते
बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । ...

ट्रम्पले भने, ‘म्याक्रोंले ठूलो गल्ती गरे, पेरिस चाँडै मुस्लिम सहर बन्नेछ’
पेरिस– अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने बताएका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इम्यानुएल म्याक्रोंको आप्रवासन नीतिलाई जिम्मेवार ठहर्याएका छन्। ट्रम्पले लामो समयदेखि आप्रवासनमा कडाइ गर्नुपर्ने पक्षमा बोल्दै आएका छन्। डोनाल्ड ट्रम्पले आफूले करिब आठ वर्षअघि म्याक्रोंलाई अन्य देशबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई फ्रान्स प्रवेश गर्न दिनु गल्ती हुने चेतावनी दिएको […] ...

दिवंगत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारका लागि जुट्यो १६ लाख रुपैयाँ
स्वर्गीय पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारको सहयोगार्थ नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित रकम नेपाल पत्रकार महासंघको तर्फबाट स्व. उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई हस्तान्तरण गरिएको छ। स्व उपाध्यायकी धर्मपत्नीको मिर्गौला रोगको उपचार र बुबाको हेरचाहमा सहयोग पुर्‍याउने उद्देश्यले नेजाको पहलमा संकलन भएको १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा प्र... ...

बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार उनको नियुक्ति घोषणा गरेको हो । करिब ३० वर्षको क्रिकेट अनुभव भएका दासले नेपाली राष्ट्रिय टोलीको कप्तान, प्रशिक्षक तथा क्रिकेट प्रशासकका रूपमा काम गरिसकेका छन्। उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का प्रशिक्षक प्रशिक्षकसमेत हुन् । मलेसियाली ...


