Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध
Photo / Coverage: नेपालन्युज

दाङ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ। जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए। उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किलोमिटर लम्बाई रहेको पश्चिम राप्ती नदीमा हालसम्म ४८ किलोमिटर तटबन्ध निर्माण भएको हो। गएको आर्थिक वर्षमा मात्रै पश्चिम राप्तीमा ५.६१ किमी तटबन्ध निर्माण भई १६८ हेक्टर जमिन उकास भएको छ। पश्चिम राप्ती नदी किनारमा पर्ने गढवा–६ जेठानगाउँमा ४३ लाख २३ हजार ५५५ तथा गढवा–३ उल्टिसोटा खोलामा १२ लाख ८८ हजार २८७ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ। प्रगन्ना सिँचाइअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न खण्ड तथा रनियापुर–छिङ्गतपुर क्षेत्रमा समेत करोडौँका तटबन्ध ठेक्काहरू सम्पन्न भइसकेका छन्। हाल पश्चिम राप्ती नदीको दाङ र बाँके खण्डमा रु एक अर्ब २२ करोड १० लाख ५१ हजार बराबरको ठेक्का सम्पन्न भइसकेको छ। लमही–५ सोनारपुर खण्डमा रु १० करोड ११ लाख ६६ हजार ९६४ को ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा ५ करोड ३२ लाख ३८ हजारको ठेक्कामा ४८.७० प्रतिशत प्रगति भएको छ। त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा रु चार करोड १५ लाख २५ हजारको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा रु ८२ लाख ४२ हजार ९२ को ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। राप्ती नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५.९९६ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ। भविष्यमा कूल २३ किलोमिटर तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो
Latest NewsJust now

वीरगन्ज नाकाबाट भटमासको तेलको निर्यात उकालो लाग्दा पाम तेलको ओरालो

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ । ...

कान्तिपुर
नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म
Latest NewsJust now

नेपाल संवत् : ऋणमोचनदेखि राष्ट्रिय पहिचानसम्म

काठमाण्डु – नेपाल संवत् ११४७ मंगलबारदेखि सुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन्। नेपाल संवत् नेपालको मौलिक इतिहास, संस्कृति र सामाजिक चेतनासँग जोडिएको विशिष्ट संवत् हो। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु हुने यो संवत् विशेषगरी नेवार समुदायको सांस्कृतिक जीवनसँग […] ...

काठमाण्डुपाटी
सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप
Latest NewsJust now

सिंगापुरको जागिर छाडेर कार्टुनिस्ट बनेका अनुप

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिगको तेस्रो संस्करण भव्य रूपमा चलिरहेको छ । तर, कार्नुनिस्ट अनुप तमु गुरुङलाई एनपिएलले खासै छोएको छैन । किनकि उनलाई सबैभन्दा बढी... ...

रातोपाटी
कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ
Latest NewsJust now

कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल, तरकारी, सागपात तथा अन्य खाद्यवस्तुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिको दैनिक मूल्यसूचीअनुसार ११६ प्रकारका वस्तुको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ । आजको मूल्यसूचीअनुसार तरकारीतर्फ सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य न्यूनतम ८०० देखि अधिकतम एक हजार रुपैयाँसम्म कायम गरिएको ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play