Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति
Photo / Coverage: नेपालन्युज

भक्तपुर। मध्यपुरथिमि-९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ। आज बिहान करिब ८:०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए। आगलागीबाट सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश प्रालि’ मा विद्युत् सर्ट भई आगलागी भएको स्पाका सञ्चालक नरेश रन्जितले जानकारी दिए। उनले भने, “बिहान अचानक विद्युत् सर्ट भएर स्पामा आगलागी भएको हो। यसबाट स्पाको मात्रै करिब रु ६० लाख बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ, पाँच वर्षदेखि सञ्चालनमा आएको स्पाले आगलागीबाट ठूलो क्षति व्यहोर्नुपरेको छ।” आगलागीबाट करिब रु २० लाख बराबरको क्षति भएको कम्प्लेक्सका सञ्चालक प्रजापतिले जानकारी दिए। कम्प्लेक्स र स्पामा गरी करिब रु ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। उनका अनुसार आगलागी भएको करिब डेढ घण्टामा जुद्ध वारुण यन्त्र भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस ब्यासीबाट आएको टोली र प्रहरी वृत्त थिमिबाट आएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो। नेपाली सेना रणशेर गण सूर्यविनायकको टोलीले पनि आगलागी नियन्त्रणमा सहयोग गरेको थियो। आगलागी बिहान भएकाले घटनामा कुनै मानवीय क्षति नभएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। अग्लो भवनको माथिल्लो तलमा आगलागी हुँदा पानीको फोहोरा माथिसम्म पुर्‍याउन दमकललाई केही कठिनाइ भने भएको उनले बताए। जुद्ध वारुण यन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले अग्लो भवनमा हुने आगलागी नियन्त्रणमा लागि नेपालमा पनि ड्रोन प्रविधि भित्र्याउन माग गरिरहेको बताउँदै सरकारले अग्लो भवनमा हुने आगलागी नियन्त्रणका लागि नयाँ प्रविधि भित्र्याउनुपर्नेमा जोड दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् । टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […] ...

लोकपथ
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत ...

केन्द्रबिन्दु
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि […] ...

मकालु खबर
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित
Latest NewsJust now

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play