Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

Share:WhatsAppFacebookX (Twitter)Telegram
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Photo / Coverage: केन्द्रबिन्दु

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्दथे । हाल उक्त बाटोमा मानिसको हिँड्डुल बन्द भए पनि पुरानो बाटोका डोबहरू अझै बाँकी रहेका स्थानीय बताउँछन् । स्थानीय शिक्षक रामग्याल्बो घलेका अनुसार परापूर्वकालमा भोट (तिब्बत) बाट नुन साट्न बेँसी झर्ने मुख्य मार्ग यही थियो । ‘मैले थाहा पाउँदासम्म यही बाटो धेरै पटक हिँडेको छु । तत्कालीन राजा वीरेन्द्र पनि यही बाटो भएर हिँड्नुभएको थियो’, घलेले भने, ‘राजमार्ग बनेपछि पुरानो बाटो सुनसान भयो र गुफा पनि ओझेलमा पर्‍यो ।’ तामाङ भाषामा ‘साङतोरमो’ भनिने यस गुफाको नामाकरण बौद्ध भिक्षाँणी (आनी)सँग जोडिएको छ । स्थानीय जानकार घलेका अनुसार यो गुफा रामायणकी सीतासँग नभई बौद्ध (लामा)धर्मग्रन्थको अनुशरण गर्दै शान्तिको खोजीमा तपस्या गर्न आएकी आनी सीतासँग सम्बन्धित छ । ‘परापूर्वकालमा गुरु रिम्पोछेका चेलीहरू डोल्मा, सोनाम र सीता गरी तीन जना भिक्षाणीले यस गुफामा बसेर ध्यान तथा तपस्या गरेको किंवदन्ती छ । ध्यानपछि गुफाको सिरानमा बसेर घाम ताप्ने र दर्शन गर्न आउने भक्तजनलाई आशीर्वाद दिने गरिन्थ्यो भन्ने यहाँका ज्येष्ठ नाथरिक बताउँछन्’, उनले भने। गुफाभित्र ढलान गरेजस्तो चिल्लो ढुङ्गाको भित्तामा लामा लिपिमा लेखिएका अक्षरहरू अझै देख्न सकिन्ने घलेले जानकारी दिए । उनका अनुसार गुफा वरपर तत्कालीन समयमा भिक्षुणीहरूले प्रयोग गरेका ढिकी, हलो, ओदान, मान्द्रोलगायत सामग्रीहरू अझै सुरक्षित छन् । तामाङ समुदायको बसोबास रहेको बोकेझुण्डाको नामाकरणसँग राणाकालीन इतिहास जोडिएको छ । जङ्गबहादुर राणाको पालामा गोसाइँकुण्ड जाने क्रममा उनका सेनाले बाटोमा भेटिएको बाघलाई मारेर त्यहाँको करिब ५०० वर्ष पुरानो चाँपको रुखमा झुण्ड्याएका थिए । सुरुमा ‘बाघझुण्डा’ भनिए पनि पछि बोलिचालीको भाषामा अपभ्रंश हुँदै ‘बोकेझुण्डा’ रहन गएको स्थानीय बताउँछन् । उक्त ऐतिहासिक चाँपको रुख गत असार ६ गते आफैँ ढलेको घलेले जानकारी दिए । सोही स्थानमा काठमाडौँको हनुमानढोकाबाट १९ कोषको दूरीमा रहेको व्यहोरा उल्लेखित शिलालेख अझै जीवन्त छ । काठमाडौँबाट ११३ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले पुराना शैलीका घरहरू भत्काएपछि स्थानीय बासिन्दा राजमार्ग छेउछाउ बसाइँ सरेका छन् । स्थानीय सरकार गठन भएपछि गाउँको मौलिक संस्कृति, कृषि र ऐतिहासिक सम्पदाको संरक्षण हुने अपेक्षा गरिए पनि कसैले चासो नदिएको स्थानीय माछा पालक कृषक ल्वाङ ग्याल्बो घलेको गुनासो छ । “गाउँ(गाउँमा सिंहदरबार आयो भनिन्छ, तर यस्ता ऐतिहासिक धरोहरको संरक्षणमा कसैको ध्यान गएको छैन”, उनले भने । सरकारी निकायले बवास्ता गरेपछि स्थानीय शिक्षक राम घलेको नेतृत्वमा सात जना युवाको समूहले गुफाको सरसफाइ गर्ने, झाडी फाँड्ने र यसको महत्वलाई प्रचारप्रसार गरी भावी पुस्तासम्म जोगाइराख्ने योजना बनाएका छन् । धार्मिक आस्थाको केन्द्र छङगमदेवीभन्दा करिब डेढ किलोमिटर तल रहेको यस गुफालाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला
Latest NewsJust now

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला

• डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित अमरगढी किल्ला नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको छ। • यो किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो र सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो। • किल्लामा सैनिक बस्ने गुफा, सुरुङमार्ग र प्राचीन अम्बेश्वर मन्दिर रहेका छन्, र पुनर्निर्माण तथा संरक्षणका काम जारी छन्। ...

नेपालबहस
गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता
Latest NewsJust now

गाँजा खेतीमा सर्वाेच्चको परमादेश : बाँझिँदो पहाडको सम्भावना र राज्यको पाँच दशकको निष्क्रियता

भूमिका : नेपालका पहाडी गाउँबस्तीमा गाँजा कुनै अपरिचित वनस्पति होइन । कतिपय क्षेत्रमा प्राकृतिक रूपमा उम्रने र परम्परागत रूपमा चिनिने यो वनस्पति पछिल्लो पाँच दशकदेखि कानुनी निषेध र अपराधको बहससँग जोडिएको... ...

रातोपाटी
पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह
Latest NewsJust now

पाकेको बाली समयमै भित्र्याउन हात्ती प्रभावित किसानलाई आग्रह

भद्रपुर। झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ । बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएकाले प्रशासनले समयमा बाली भित्र्याउन आग्रह गरेको हो । शुक्रबार बिहान हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित नेपाली सेना, नेपाल ...

नेपालन्युज
यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह
Latest NewsJust now

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह

संयुक्त राष्ट्रसंघ, कात्तिक २८ गते । संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षला... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play