Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राज्यको बेवास्तामा चलचित्रकर्मी र सांकृतिककर्मी

राज्यको बेवास्तामा चलचित्रकर्मी र सांकृतिककर्मी

Share:WhatsAppFacebookX (Twitter)Telegram
राज्यको बेवास्तामा चलचित्रकर्मी र सांकृतिककर्मी

काठमाडाैं । म्युजिक भिडियो र लघुचलचित्र राज्यको बेवास्तामा परेका सरोकारवालाले बताउनुभएकाे छ । शुक्रबार परिवर्तन नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा लघुचलचित्र र म्युजिक भिडियो क्षेत्रका सरोकारवालाले राज्यले प्रभावकारी नीति र कानुन ल्याएर कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयाे । पत्रकार तथा साहित्यकार घनेन्द्र ओझाले सञ्चार मन्त्रालयले राष्ट्रिय चलचित्र नीति बनाएको र त्यसमा लघुचलचित्र, वृत्तचित्र, साँस्कृतिक चलचित्रलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको तर त्यसको कार्यान्वयन हुन नसकेको बताउनुभयाे । ओझाले राष्ट्रिय संस्कृति नीति पनि बनिसकेको र त्यसमा पनि नेपाली कला, संस्कृति, पुरातत्त्वको विकास र पिस्तारका लागि काम गर्ने भनिएको बताउँदै तर उक्त नीतिअनुसार राज्यले आवश्यक ऐन, कानुन बनाउने/संशोधन गर्ने काम नगरिदिँदा लघुचलचित्रकर्मी र म्युजिक भिडियोकर्मी मारमा परेका बताउनुभयाे । ओझाले नेपाली मौलिक संस्कृतिको संरक्षण र विस्तारका लागि नेपाली संस्कृतिमा आधारित चलचित्र, लघुचलचित्र तथा गीतहरू र म्युजिक भिडियो निर्माण गरिनुपर्नेमा जोड दिनुभयाे । ओझाले यस्ता विषयमा बनाइने चलचित्र र म्युजिक भिडियो व्यापारिक र व्यावसायिक मात्रफनहुने हुँदा राज्यले केही सहायता गर्ने नीति लिनुपर्ने पनि बताउनुभयाे । चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले चलचित्र नीतिअनुसार ऐन संशोधन हुन नसक्दा धेरै काममा समस्या भएको बताउनुभयाे । उहाँले २ वर्षमा आफू अध्यक्ष हुँदा चलचित्र क्षेत्रमा केही महत्त्वपूर्ण काम गरेको पनि बताउनुभयाे । सञ्चारकर्मी शन्तराम बिडारीले चलचित्र र पत्रकार बीच अनोन्याश्रित सम्बन्ध हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।परिवर्तन नेपालका उपाध्यक्ष एवम् विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौँ जनको रोजीरोटीको सम्बन्ध जोडिएका लघुचलचित्र र म्युजिक भिडियोको सुरक्षा र सम्बर्धनका लागि सरोकारवाला संस्था र राज्यका निकाय संवेदनशील र जिम्मेवार हुनुपर्ने उल्लेख गरे। श्रेष्ठले हाम्रा गीत/सङ्गीत विकृत हुँदै गएकामा चिन्ता व्यक्त गर्दै त्यसको प्रभावकारी नियमनको खाँचो पनि औँल्याउनुभयाे। वरिष्ठ चलचित्रकर्मी एवम् परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले चलचित्रकर्मी र म्युजिक भिडियोकर्मीका सीमितता भएका तर राज्यले त्यसमा नियमन गर्दै प्रोत्साहन र सहयोगका नीति, ऐन र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। निरौलाले लाखौँ कलाकर्मी, सङ्गीतकर्मी र प्राविधिकको बिचल्ली नहुनेगरी राज्यले कदम चाल्नुपर्ने धारणा पनि राखे। राज्यको साँस्कृतिक निति र चलचित्र नीति प्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँका अनुसार चलचित्र लगायतका सांस्कृतिक कर्महरूप्रतिको राज्यको उदासिनता यही रूपमा रहिरहेमा यसभित्रका पेशाकर्मीहरूको भविष्य अन्यौलग्रस्त हुने ठोकुवाकासाथ भन्नुभयो । कार्यक्रमका संयोजक राज टाइगरको संयोजकत्वमा भएको कार्यक्रममा संस्थाका महासचिव म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले अब यी विषयमा सरोकारवालासँग बसेर छलफल गरी सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय, चलचित्र विकास बोर्डलगायत निकायमा प्रस्ताव गर्ने बताउनुभयाे । कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, लोकप्रिय कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, सुवास गजुरेल, रामचन्द्र अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के. सी., पूर्ण नेपाली, तुलसी गिरि भावुक, सरोज कोइराला, हेम प्रभास, विष्णु सुवेदी, रघुनाथ सापकोटा, रमेश सुवेदी, नारायण प्रधान, पुजना प्रधान, सुनिल कटुवाल, समीर बलामी, शारदा गिरी, हेम सुबेदी, लब प्याकुरेल, जे.बी. डी.सी., मनिष श्रेष्ठ, शिवजी श्रेष्ठ, कुबेर गिरि, सबिता पोखरेल, नवराज रायमाझी, गोपाल बस्नेत, राजेन्द्र वाग्ले, शिवहरि सुवेदी, डी.आर., बिमल श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्याे । परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा वर्तमानमा स्थितिमा नेपाली चलचित्रको प्रदर्शनमा आएको शिथिलता र चलचित्रहरूको व्यापार उत्साहजनक नभएको, दर्शकहरूको चलचित्र प्रतिको आकर्षक घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको थियोे । कार्यक्रमको सहजीकरण माधवराज खरेलले गर्नुभएकाे थियाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?
ताजा खबरJust now

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो इष्टमित्र आफन्तकोसम्म पुग्नुपर्ने लेठोले मलाई सारै... ...

रातोपाटी
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
ताजा खबरJust now

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज । हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार गर्ने भएको छ । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलदेखि गण्डक चोकसम्मको आठ किलोमिटर सडक विस्तारका गर्न उक्त कार्यालयले बोलपत्र आह्वान गरेको छ । मितेरी पुलदेखि घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान भएको हो । उक्त कार्यालयका इन्जिनियर दुर्गा प्रसादका अनुसार इदगाह चोकदेखि पावर हाउससम्म चार लेन ...

केन्द्रबिन्दु
क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
ताजा खबरJust now

क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ । ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । विश्वकप लिग–२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता ...

कर्पोरट खबर
मौलिकता खोज्दै हिँडेको दसैँ
ताजा खबरJust now

मौलिकता खोज्दै हिँडेको दसैँ

समय बदलियो, समाज बदलियो, तर सम्झनामा बसेको दसैँ अझै उस्तै छ । पहिलेको जस्तो मौलिकता बोकेको दसैँ आज कहाँ छ र ? दसैँ आउनु भनेको केवल पात्रोमा रातो अक्षरले लेखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play