Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

राजविराज मालपोत कार्यालयको जग्गा अतिक्रमणमुक्त गराउन डोजर चलाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजविराज मालपोत कार्यालयको जग्गा अतिक्रमणमुक्त गराउन डोजर चलाइयो
Photo / Coverage: केन्द्रबिन्दु

सप्तरी । भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेका घर तथा अन्य संरचना हटाइएको छ।‎‎सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा आइतबार साँझ राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा कार्यालय परिसरभित्र निर्माण गरिएका अवैध संरचना हटाइएको हो।‎‎संरचना हटाइएसँगै कार्यालयभित्र हुने बिचौलियाको पहुँच नियन्त्रणमा आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।‎‎यसअघि भूमि प्रशासन कार्यालयले पटकपटक सूचना जारी गर्दै परिसरभित्र सञ्चालनमा रहेका लेखापढी व्यवसाय तथा संघ–संस्थाका कार्यालय बन्द गर्न आग्रह गरेको थियो । लेखापढी व्यवसाय खाली गर्न अटेरी गर्दै आएको थियो ।‎‎यसैबीच, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रका अतिक्रमित फुटपाथ खाली गराउने अभियानलाई पनि तीव्रता दिएको छ।‎‎कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार फुटपाथ खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि नगरप्रहरी र डोजर परिचालन गरी अतिक्रमित संरचना हटाउन थालिएको हो।‎ ‎नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई अतिक्रमणमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह
Latest NewsJust now

रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्। पछिल्ला आक्रमणमा किएभनजिकै छ जना र जापोरिजियामा एक जनाको मृत्यु भएपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो। आइतबार टेलिग्राममा एक पोस्ट लेख्दै जेलेन्स्कीले गत साता रुसले करिब २ हजार ७ सय आक्रमणकारी ड्रोन, १ हजार ४ ...

केन्द्रबिन्दु
अपी हिमाल: जहाँ बोल्छ प्रकृति
Latest NewsJust now

अपी हिमाल: जहाँ बोल्छ प्रकृति

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ। समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहे... ...

नेपालखबर
रुसी आक्रमण तीव्र भएपछि जेलेन्स्कीद्वारा ‘प्याट्रियट’ क्षेप्यास्त्र पठाउन अमेरिकासँग आग्रह
Latest NewsJust now

रुसी आक्रमण तीव्र भएपछि जेलेन्स्कीद्वारा ‘प्याट्रियट’ क्षेप्यास्त्र पठाउन अमेरिकासँग आग्रह

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्। पछिल्ला आक्रमणमा किएभनजिकै छ जना... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement