Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा

प्राज्ञिक विकास र गुणस्तरको सवालमा ठोस मुद्दाहरू उठाउँदै राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थापनाको ९ वर्ष पूरा गरी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले परम्परागत शैलीलाई तोड्दै अबका दिनमा गर्ने सुधार र मुख्य एजेन्डाहरूलाई सार्वजनिक गरेको हो। कार्यक्रमको आरम्भमा विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेद्वारा राष्ट्रिय झण्डा र विश्वविद्यालयको झन्डोतोलन गरिएको थियो भने उपकुलपति र रजिष्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई गतिशील बनाउने एजेन्डालाई मुख्य प्राथमिकतामा राखिएको थियो। यसपटकको वार्षिकोत्सवमा विश्वविद्यालयको प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारका इस्यूहरूले बढी प्राथमिकता पाएका छन्। विश्वविद्यालयले आफ्ना सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई पूर्ण रूपमा ‘सिकाइ व्यवस्थापन प्रणाली’ (LMS) र एकीकृत डिजिटल नेटवर्कअन्तर्गत ‘सेन्ट्रलाइज्ड’ प्रणालीमा लैजाने घोषणा गरेको छ, जसले विद्यार्थीहरूलाई अनलाइनमार्फत नै सेवा लिन सहज बनाउनेछ। यस्तै, ‘स्कुल अफ हेल्थ साइन्स’ को प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधारहरूको निर्माणलाई तीव्र गति दिने र प्रयोगशालाहरूलाई प्रविधिमैत्री बनाउने विषयलाई मुख्य विषयका रूपमा उठाइएको छ। मधेश प्रदेश र बजार मागअनुसार नैतिकवान्, प्राविधिक र नवप्रवर्तनकारी जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने तथा विश्वविद्यालयभित्र हुने प्रशासनिक ढिलासुस्ती र बेथितिलाई अन्त्य गरी चुस्त कार्यशैली अपनाउने प्रतिबद्धता पनि जनाइएको छ। समारोहमा विश्वविद्यालयका डिनहरू, प्राध्यापकहरू, कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। The post राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, विश्वविद्यालयलाई ‘सेन्ट्रलाइज्ड डिजिटल प्रणाली’ मा लैजाने घोषणा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

प्राइम भिडियोबाट अर्बौं डलर आम्दानी हुने एन्डी जेस्सीको अपेक्षा
प्रविधिJust now

प्राइम भिडियोबाट अर्बौं डलर आम्दानी हुने एन्डी जेस्सीको अपेक्षा

अमेजनले ८.५ अर्ब डलरमा एमजीएम खरिद गरेको चार वर्ष बितिसकेको छ। तर यस वर्षको चर्चित चलचित्र ‘प्रोजेक्ट हेल मेरी’ को ठूलो सफलतापछि ई-कमर्स कम्पनी अमेजनका लागि हलिउड व्यवसाय आम्दानीको आकर्षक स्रोत बनेको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेस्सीले बिहीबार त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीको स्ट्रिमिङ सेवा प्राइम भिडियो ठूलो व्यवसायका रूपमा विकसित भएको बताएका छन्। उनका अनुसार प्राइम भिडियोको वार्षिक आम्दानी ...

टेक्नोलोजी खबर
Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher
प्रविधिJust now

Korea showcases AI-powered drone technology, fires 600-mm ‘Sniper’ rocket launcher

North Korea has showcased its unmanned aerial technology, including artificial intelligence (AI)-powered defence capabilities, and publicly demonstrated its 600-millimetre “Sniper” multiple rocket launcher for the first time, with leader Kim Jong-un calling for “absolute superiority” in drone technology, Yonhap News Agency reported on Friday. The demonstration was held on Thursday alongside an exhibition on unmanned aeronautical technology attended by Kim, according ...

टेक्नोलोजी खबर
शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित
प्रविधिJust now

शेयर बजार नास्डाक तीन महिनाकै न्यून बिन्दुमा, अमेजन र इन्टेलको आम्दानी विवरणपछि लगानीकर्ताहरू चिन्तित

शुक्रबार ‘नास्डाक’ करिब तीन महिनायताकै न्यून विन्दुमा झरेको छ। अमेजनको कृत्रिम बुद्धिमत्ता सम्बन्धी आक्रामक लगानी योजना र इन्टेलको नगद खर्चसम्बन्धी चेतावनीले, एआई पूर्वाधार निर्माणको बढ्दो लागत र लगानीबाट प्रतिफल प्राप्त हुने समयसीमालाई लिएर चिन्ता बढाएपछि यस्तो गिरावट आएको हो। प्रविधि कम्पनीहरुको बाहुल्य रहेको नास्डाकमा २.९ प्रतिशतको गिरावट आयो, जबकि ब्लु-चिप डाउ ४४२ अंक वा ०.८ प्रतिशतले घट्यो। एस एन्ड पी ५०० ...

टेक्नोलोजी खबर
उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन
प्रविधिJust now

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित ड्रोन र पहिलोपटक ६०० मिलिमिटर क्षमताको ‘स्नाइपर’ बहुप्रक्षेपक रकेट प्रणाली सार्वजनिक गरेको छ। नेता किम जोङ उनले ड्रोन प्रविधिमा पूर्ण श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन्। सरकारी समाचार संस्था केसीएनएका अनुसार बिहीबार किमको उपस्थितिमा आयोजित सैन्य प्रदर्शनीमा आत्मघाती ड्रोन, क्रुज क्षेप्यास्त्र र बहुउद्देश्यीय मानवरहित विमान प्रस्तुत गरिएका थिए। ती हतियारले टापुका लक्ष्यमा शतप्रतिशत सटीकताका ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play