Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

राइजिङ स्टार यू -१२ ब्वाइज क्रिकेट टूर्नामेन्ट २०८३ : एन्जल्स हार्टको शानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
राइजिङ स्टार यू -१२ ब्वाइज क्रिकेट टूर्नामेन्ट २०८३ : एन्जल्स हार्टको शानदार जित
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको राइजिङ स्टार यू -१२ ब्वाइज क्रिकेट टूर्नामेन्ट २०८३ अन्तर्गतको खेलमा एन्जल्स हार्ट यू-१२ ले जीएचसीए यू-१२ लाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। टस हारेर (पहिले ब्याटिङ गर्दै) मैदान उत्रिएको जीएचसीए यू-१२ ले एन्जल्स हार्टको कसिलो बलिङसामु खुलेर खेल्न सकेन। जीएचसीएले ३६.३ ओभरमा सबै विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो। जीएचसीएका लागि अश्विन के ले ६५ बलमा २८ रन, अक्षत एस ले ४६ बलमा २४ रन र आर्जित बी ले २९ बलमा १३ रन जोडे। बलिङतर्फ एन्जल्स हार्टका आरुष पी ले उत्कृष्ट प्रदर्शन गर्दै ३.३ ओभरमा मात्र ८ रन खर्चेर ४ विकेट लिए। त्यस्तै आयुष्मान बी ले २ र अभिषेक के ले १ विकेट हात पारे। १०९ रनको सामान्य लक्ष्य पछ्याएको एन्जल्स हार्ट यू-१२ ले मात्र १५.४ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएर सहज जित निकाल्यो। एन्जल्स हार्टको जितमा आरभ के ले नायकको भूमिका निभाए। उनले ५९ बलमा अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेले। उनलाई दीपक राज ओ ले १६ रन र अभिषेक के ले अविजित १४ रन बनाउँदै राम्रो साथ दिए। जीएचसीएका बलरहरू अनमोल बी र प्रसन्न के ले १/१ विकेट लिए पनि टोलीलाई जित भने दिलाउन सकेनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चोरीका गरगहना र नगदसहित पक्राउ
Latest NewsJust now

चोरीका गरगहना र नगदसहित पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । ...

कान्तिपुर
मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छ: मन्त्री लम्साल
Latest NewsJust now

मधेस प्रदेशमा उल्लेख्य बजेट विनियोजन भएको छ: मन्त्री लम्साल

जनकपुर । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन् । जनकपुरधाममा बुधबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा... ...

रातोपाटी
[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...
Latest NewsJust now

[अर्काइभ] सरकारले मसाल जुलुसमाथि प्रतिबन्ध लगाएपछि...

असोज २०५७ मा सरकारले शान्ति सुरक्षाको कारण देखाउँदै मुलुकभर मसाल जुलुस निकाल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको विरोधमा उत्रिएका ९ वाम समूहका नेता–कार्यकर्तामाथि देशभर प्रहरीले धरपकड गरेको थियो । ...

कान्तिपुर
अब पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने
Latest NewsJust now

अब पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने

काठमाडौं । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गर्दै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने ठहर गरेको छ । यससँगै पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषमै रहने कानुनी आधार थप बलियो भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play