Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

रसुवाको भैरवकुण्डको धार्मिक आस्था र किंवदन्ती

Share:WhatsAppFacebookX (Twitter)Telegram
रसुवाको भैरवकुण्डको धार्मिक आस्था र किंवदन्ती
Photo / Coverage: केन्द्रबिन्दु

रसुवा । रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ । समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरवकुण्ड अवस्थित छ। स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्ने गरेका छन् । गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा बुझिन्छ । यही धार्मिक मान्यताका कारण गोसाइँकुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा स्नान गर्दैनन् । गोसाइँकुण्डको परिक्रमा गरी फर्किँदा भैरवकुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास छ । गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरवकुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ । उक्त परम्परालाई निरन्तरता दिँदै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उनले बताइन् । भैरवकुण्डको उत्पत्तिसँग हिन्दू र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जनश्रुति जोडिएका छन् । हिन्दू धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोष निवारण गर्न तथा शारीरिक कष्ट शान्त पार्न गोसाइँकुण्डभन्दा तल यो कुण्ड निर्माण गरी तपस्या गरेका थिए । अर्को कथनअनुसार देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिएका थिए । घाँटीमा अड्किएको विषको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको विश्वास गरिन्छ । विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ । बौद्ध धर्मसँग सम्बन्धित जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरवकुण्ड निर्माण गरेका हुन् । रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिए । दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथन छ । त्यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँकुण्ड कहलिएको जनविश्वास रहेको पुस्तकमा उल्लेख छ । धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँकुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरवकुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा बुझिन्छ । भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उनी बताउँछन् । यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई पनि झल्काउने उनको भनाइ छ । भैरवकुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ । पुख्र्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँकुण्ड क्षेत्रमा पुगेका थिए । भैरवकुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहँदासम्म श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरे । त्यसपछि उनी नागसँग सङ्घर्ष गर्न कुण्डभित्र पसे । लामो सङ्घर्षपछि नागलाई पराजित गरेर झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन् । उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ । यही घटनाका कारण गोले थरका मानिसले आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कायम राखेको जनविश्वास छ । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुख्र्यौली कुलपरम्परा मान्दै भैरवकुण्ड नजाने चलन अझै कायम राखेका छन् । यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाइ छ ।रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्
Latest NewsJust now

कालीमाटीमा बढ्यो छठ लक्षित व्यापार, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । दसैँ र तिहार सकिएसँगै तराई–मधेससहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार बढेको... ...

रातोपाटी
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या
Latest NewsJust now

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो । ...

कान्तिपुर
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक
Latest NewsJust now

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घुमफिर गर्न पुगेका पर्यटकका कारण पार्क दिनभरजसो भरिभराउ बनेको थियो । पार्कको टिकट बिक्री काउन्टरका विनोद चौधरीका अनुसार बिहीबार मात्रै २ लाख ६० हजार रुपैयाँ बराबरको टिकट बिक्री भएको हो । उनका अनुसार ...

केन्द्रबिन्दु
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
Latest NewsJust now

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने दबारेले श्रीलंकाका लागि घरेलु तथा विभिन्न प्रतियोगितामा आफ्नो क्षमता देखाउँदै आएका छन्। उनले प्रथम श्रेणी, लिस्ट ए र टी–२० गरी तीनै प्रारूपमा खेलेका छन्। दबारेले ५० टी–२० खेलमा ९२३ रन बनाएका छन्। यस क्रममा उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play