जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछाने जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठ घाटमा साँझको अर्घ दिन पुगेका छन् । भाकलअनुसार छठ पर्व मनाउन जनकपुरधाम आएका सभापति लामिछाने दम्पती साँझको अर्घ दिन आज गङ्गासागरस्थित छठघाट पुगेका हुन् । लामिछाने दम्पती जनकपुरधाम उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट प्रसादसहितको ढाकी बोकी छठघाट पुगेका थिए । यसैबीच, छठ पर्वका अवसरमा हेलिकप्टरबाट गङ्गासागर पोखरीसहितका छठघाटमा पुष्पवृष्टि गरिएको थियो । छठ पर्वलाई लक्षित गरी धनुषा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
रवि लामिछाने दम्पती साँझको अर्घ दिन गङ्गासागर छठघाटमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






