रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि शुक्रवार भारत जाँदै

<img src="https://www.lumbinisanchar.com/wp-content/uploads/2026/08/Rabi-Lamichane-400x220.jpg" alt=""/> <p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि भारत जाने भएका छन्।</p> <p>पार्टीको निजी सचिवालयले कात्तिक ५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने कात्तिक ६ गते शुक्रवारदेखि भारत भ्रमणमा जान लागेका हुन्।</p> <p>भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआराधना गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।</p> <p>तीनदिने आध्यात्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किने सचिवालयले जनाएको छ।</p>
Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार
Related News

दार्चुलाको सुन्सेरामा पहिलोपटक पुग्यो बस
वर्षौँको प्रतीक्षापछि सुन्सेरामा बस पुगेपछि स्थानीयमा खुसी छाएको छ । ...

कम्दीघाटस्थित राप्ती नदीमा करिब चार सय मूर्ति विसर्जन
बाँकेमा बडादसैँका लागि विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका मूर्ति बिहीबार एकादशीका दिन नगर परिक्रमापश्चात् विसर्जन गरिएको छ । ...

अम्बे स्टिलमा आगलागी, फर्नेस आयलको ट्यांकीमा क्षति
फलाम उद्योगमा प्रयोग हुने फर्नेस आयलको ट्यांकीमा विद्युत् लाइन सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ...

अचानक शुक्रबार भारत भ्रमणमा जाँदै रवि लामिछाने
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिहीबार भारत भ्रमणमा जाने भएका छन्। लामिछानेको निजी सचिवालयका अनुसार उनले शुक्रबार कात्तिक ६ देखि तीन दिनसम्म भारत भ्रमण गर्ने भएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेज्यू भोलि मिति २०८३ कार्तिक ६ गतेदेखि तीन दिने निजी... ...


