Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रवि लामिछानेलाई दाइ हरिशरणका पाँच सुझाव, प्रदेशदेखि पोडवे निर्माणसम्म

रवि लामिछानेलाई दाइ हरिशरणका पाँच सुझाव, प्रदेशदेखि पोडवे निर्माणसम्म

Share:WhatsAppFacebookX (Twitter)Telegram
रवि लामिछानेलाई दाइ हरिशरणका पाँच सुझाव, प्रदेशदेखि पोडवे निर्माणसम्म

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उहाँका दाइ हरिशरण लामिछानेले पाँच बुँदे सुझाव दिनुभएको छ। दसैँको अवसरमा भाइ रविसँग गैरराजनीतिक भेटघाटका क्रममा विभिन्न विषयमा छोटो छलफल भएको उल्लेख गर्दै हरिशरणले सामाजिक सञ्जालमार्फत आफ्ना सुझाव सार्वजनिक गर्नुभएको हो। उहाँले रास्वपाको वाचापत्रअनुसार प्रदेश संरचनाबारे स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ। त्यस्तै, गैरदलीय स्थानीय तह निर्वाचनको विषयमा पनि पार्टीले स्पष्ट दृष्टिकोण तय गर्नुपर्ने उहाँको सुझाव छ। हरिशरणले जलवायु परिवर्तनबाट उत्पन्न समस्याको दिगो समाधान खोज्नुपर्ने र नेपालको भूबनोटअनुसार देशभर पोडवे निर्माणको सम्भावना अघि बढाउनुपर्ने बताउनुभएको छ। हेटौँडा–काठमाडौं पुरानो रोपवेलाई आधुनिक पोडवेमा रूपान्तरण गर्न सके सडकमा सवारी चाप घटाउन र वातावरण संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ छ। त्यसैगरी, उहाँले भूमिगत जल पुनर्भरण योजना कार्यान्वयन गर्ने र काठमाडौंको जलप्रवाह प्रणाली सुधार गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। विपन्न तथा न्यून आय भएका नागरिकलाई निश्चित अनुपातमा निःशुल्क सुविधा उपलब्ध गराउने तथा सौर्य ऊर्जाको प्रयोगबाट घरेलु आम्दानी बढाउन सकिने स्मार्ट मिटरिङ प्रणाली विकास गर्ने अवधारणा पनि उहाँले अघि सार्नुभएको छ। हरिशरणले देशको आर्थिक, सामाजिक, राजनीतिक तथा भूराजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रिय प्राथमिकता र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। राजनीतिक स्थिरता, सुशासन, दिगो शान्ति र राष्ट्रिय प्रगतिका लागि सबै पक्षबीच सहमति निर्माण गर्नुपर्ने सुझावसमेत उहाँले दिनुभएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँको दोस्रो दिन विदेशिने युवाको लर्को
ताजा खबरJust now

दसैँको दोस्रो दिन विदेशिने युवाको लर्को

काठमाण्डु – नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ । दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । काठमाण्डुस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा […] ...

काठमाण्डुपाटी
मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
ताजा खबरJust now

मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु

गणेश खनालअर्घाखाँची, कात्तिक ५ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –२ भूमिस्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। ढाकावाङ–सन्धिखर्क सडक खण्डमा बुधबार बिहान... ...

गोरखापत्र
कोप ३१: पर्वतीय र जलवायु बित्तको विषयलाई प्राथमिकता दिन सुझाव
ताजा खबरJust now

कोप ३१: पर्वतीय र जलवायु बित्तको विषयलाई प्राथमिकता दिन सुझाव

नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को मिति नजिकिँदै गर्दा आन्तरिक तयारीलाई पनि तीव्र बनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले राष्ट्रिय स्थितिपत्र अन्तिम चरणमा रहेको र सरोकारवाला निकायबीचको छलफललाई तीव्र रूपमा अगाडि बढाएको जनाएको छ।  मन्त्रालयअन्तर्गत जलवायु... ...

नेपालखबर
दसैंमा पनि रोकिएन विदेशिने लर्को
ताजा खबरJust now

दसैंमा पनि रोकिएन विदेशिने लर्को

काठमाडौं।नेपालीहरूको प्रमुख पर्व बडादसैंमा पनि रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ। दसैंको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौं नेपाली युवा–युवती विदेश प्रस्थान गरिरहेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको भीडभाड त्यत्तिकै देखिन्छ। विमानस्थल हुँदै विभिन्न ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play