Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

यो वर्ष पनि रोकिएन पटाकाको अवैध कारोबार, मृत्युदेखि वायु प्रदूषणसम्मको असर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यो वर्ष पनि रोकिएन पटाकाको अवैध कारोबार, मृत्युदेखि वायु प्रदूषणसम्मको असर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा पटाका आयातमा प्रतिबन्ध रहे पनि यसको अवैध आयात र प्रयोग नियन्त्रण हुन सकेको छैन । क्षणिक मनोरञ्जनका लागि प्रयोग गरिने पटाकाका कारण यस वर्षको तिहारमा पनि मानवीय क्षति भएको छ । पटाका पड्काउने क्रममा पर्सामा एक बालकको मृत्यु भएको छ भने चितवनमा १२ वर्षीय बालकसहित रूपन्देहीमा अर्का एक जना घाइते भएका छन् । यस वर्ष तिहारका क्रममा पटाकाका कारण भएका यी घटनाले प्रतिबन्धका बाबजुद यसको प्रयोग नरोकिएको र त्यसले सर्वसाधारणको ज्यानसमेत जोखिममा पारेको देखाएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटाका पड्काउने क्रममा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बुधबार साँझ पटाकाबाट उछिट्टिएको आगोको झिल्काले उनको कपडामा आगो लागेको थियो । आगलागीबाट उनको छातीभन्दा तलको भाग जलेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले उनको अवस्था गम्भीर रहेको जनाएको छ । त्यस्तै, पर्साको पकाहामैनपुर गाउँपालिका–२, मधुबनीमा पटाका पड्काउने क्रममा जलेर एक बालकको मृत्यु भएको छ । घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, उनको ज्यान जोगिन सकेन । यता, रूपन्देहीमा पनि पटाका पड्काउने क्रममा एक जना घाइते भएका छन् । उक्त घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । पटाकाका कारण हुने दुर्घटना यस वर्षको तिहारमा मात्रै देखिएको समस्या होइन । विगतका वर्षहरूमा पनि पटाका पड्काउने क्रममा आगलागी, चोटपटक तथा अन्य दुर्घटना हुने गरेका छन् । प्रतिबन्धका बाबजुद चोरीछिपी पटाका भित्रिने र चाडपर्वका बेला यसको प्रयोग बढ्ने क्रमले यस्ता दुर्घटनाको जोखिम कायम राखेको छ । पटाकाको असर मानवीय क्षतिमा मात्रै सीमित छैन । यसको धुवाँले वायु प्रदूषण बढाउनुका साथै चर्को आवाजले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई थप असर पु¥याउने गरेको छ। तिहारका क्रममा पटाकाको अत्यधिक प्रयोगपछि काठमाडौं उपत्यकाको वायु प्रदूषणसमेत बढेको थियो। कात्तिक २३ गते मध्याह्न काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १४३ पुगेको थियो, जुन अस्वस्थकर तह हो । नेपालमा पटाका आयातमा प्रतिबन्ध भए पनि यसको अवैध ओसारपसार र प्रयोग नियन्त्रण चुनौतीपूर्ण बन्दै आएको छ । प्रहरीले विभिन्न स्थानबाट पटाका बरामद गर्ने र ओसारपसारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने गरे पनि चाडपर्वमा यसको प्रयोग पूर्ण रूपमा रोकिएको छैन । यस वर्ष तिहारमा पटाकाकै कारण एक बालकले ज्यान गुमाउनु र अन्य व्यक्ति घाइते हुनुले यसको प्रयोगले निम्त्याउने जोखिमलाई फेरि उजागर गरेको छ । मनोरञ्जनका नाममा हुने यस्तो गतिविधि रोक्न प्रतिबन्धको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना र बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आवश्यक देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
Latest NewsJust now

डिडिसी विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ

काठमाडौँ, कात्तिक २७ गते । नेपाल प्रहरीले दुग्ध विकास संस्थान (डिडिसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ल... ...

गोरखापत्र
शेर्पा पोशाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी
Latest NewsJust now

शेर्पा पोशाक अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन बख्खु लगाएँ : मन्त्री चौधरी

गोरखापत्र अनलाइनकाठमाडौं, कात्तिक २७ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप –३१) को पह... ...

गोरखापत्र
आइतबार मेघगर्जन र असिनासहित वर्षाको सम्भावना
Latest NewsJust now

आइतबार मेघगर्जन र असिनासहित वर्षाको सम्भावना

काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहेको छ। महाशाखाले जारी गरेको पाँचदिने मौसम पूर्वानुमान अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। आइतबार मौसममा तुलनात्मक रूपमा बढी बदली देखिनेछ। यस दिन ...

नेपालन्युज
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

अन्ताल्या (टर्की), कात्तिक २७ गते । नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play