Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण अघि बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
योगमाया आयुर्वेद विश्वविद्यालय निर्माण अघि बढ्दै
Photo / Coverage: नेपालन्युज

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय निर्माण क्षेत्रको आज अनुगमन गरेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको जग्गाको स्थलगत अवलोकन गर्दै उनले आगामी दिनमा विश्वविद्यालयमा गर्न सकिने कामका विषयमा समेत छलफल गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति तथा छलफल समेत भएको जानकारी दिइएको छ। मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको उक्त विश्वविद्यालयलाई संसारकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न सकिने बताए। उनले विश्वविद्यालयलाई यथाशक्य शीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। विश्वविद्यालयका लागि खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी ४१६ रोपनी जग्गा उपलब्ध रहेको छ। उक्त जग्गामा भौतिक संरचना निर्माणको काम यसै वर्ष सुरु गर्ने गरी तयारी गरिएको छ। विश्वविद्यालयको कामलाई अगाडि बढाउन बृहत् गुरुयोजना समेत निर्माण गरिसकिएको विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले जानकारी दिए। उक्त विश्वविद्यालय स्थापना नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो। विश्वविद्यालयको नाम समाज सुधारक एवं महिला अधिकारकी अग्रणी अभियन्ता तथा क्रान्तिकारी योगमाया न्यौपानेको सम्मानमा राखिएको हो। उनको जन्म भोजपुरमा भएको थियो। तत्कालीन राणा शासनको समयमा पनि सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध उनले सशक्त आवाज उठाएकी थिइन्। उनको सामाजिक सुधारको अभियान र त्यागलाई राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य पनि विश्वविद्यालय स्थापनासँग जोडिएको छ। विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०/०७१ देखि अघि बढाइएको थियो भने आर्थिक वर्ष २०७३/०७४ को सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापनाको विषय समावेश गरिएको थियो। विसं २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि विश्वविद्यालय स्थापनाले औपचारिक कानुनी आधार प्राप्त गरेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा छ। सरकारले उक्त विश्वविद्यालयका पदाधिकारी नियुक्त गरी कामलाई अगाडि बढाएको छ। उक्त विश्वविद्यालय नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने राष्ट्रिय महत्वपूर्ण शैक्षिक संस्था भएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा
Latest NewsJust now

राष्ट्रसंघका एआई विज्ञ निक काठमाडौंमा

संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन-हार्ट नेपाल आएका छन्।  शनिबार काठमाडौंको होटल हिमालयमा ‘नेसनल एआई समिट २०२६’ आयोजना हुँदै छ। सम्मेलनमा सहभागी हुनका लागि उनी काठमाडौं आइपुगेका हुन्।  निक कार्यक्रमको प्रमुख वक्ता रहेको सम्मेलन आयोजक संस्... ...

नेपालखबर
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
Latest NewsJust now

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थ... ...

गोरखापत्र
वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर
Latest NewsJust now

वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) मा बदमासी गर्ने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ओखलढुंगाको लिखु गाँउपालिका वडा नं ९ स्थित पोकलीमा ०७५–०७६ र आव २०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको तथ्यपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका […] ...

लोकपथ
बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार
Latest NewsJust now

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

ढाका । म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार राति भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play