Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यू–१९ महिला टी–२० विश्वकप: नेपाल समुह ए मा, टियु र मूलपानीमा १५ खेल हुने

यू–१९ महिला टी–२० विश्वकप: नेपाल समुह ए मा, टियु र मूलपानीमा १५ खेल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
यू–१९ महिला टी–२० विश्वकप: नेपाल समुह ए मा, टियु र मूलपानीमा १५ खेल हुने

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ । क्यानका अनुसार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा ४१ मध्ये १५ वटा खेल हुने भएका हुन् । अन्य खेल बंगलादेशमा हुनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, भारत, आयरल्यान्ड र वेस्ट इन्डिज एउटै समूहमा रहेका छन् । आईसीसी महिला यू–१९ विश्वकप अविस्मरणीय हुने अपेक्षासहित उत्साह बढ्दै गएको क्यानले जनाएको छ । आगामी जनवरी २७ देखि फेब्रुअरी ६ सम्म खेल हुनेछ । समूह ’ए’ मा भारत, आयरल्याण्ड, वेष्ट इन्डिज, नेपाल रहेका छन् भने समूह ’बी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान, सामोआ रेहका छन् । त्यस्तै समूह ’सी’ मा अष्ट्रेलिया, बंगलादेश, नाइजेरिया, संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् भने समूह ’डी’ मा इङ्गल्याण्ड, श्रीलंका, संयुक्त राज्य अमेरिका (युएसए), स्कटल्याण्ड रहेका छन् । The post यू–१९ महिला टी–२० विश्वकप: नेपाल समुह ए मा, टियु र मूलपानीमा १५ खेल हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु
ताजा खबरJust now

साउदी अरबमा ड्रोनको भग्नावशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु

• साउदी अरबको अराम्को तेल केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ। • हालका दिनमा यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेका छन्। • अमेरिकाले साउदी अरबमा रहेका गैरआवश्यक सरकारी कर्मचारी र उनीहरूको परिवारलाई देश छाड्न आदेश दिएको छ। ...

नेपालबहस
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो
ताजा खबरJust now

सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो

सुर्खेत । सल्यानमा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । यससँगै जिल्लामा स्क्रब टाइफसबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा हालसम्म ८१७ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । संक्रमितको […] ...

समयपोष्ट
बढ्यो उत्तर–दक्षिण कोरिया तनाव, किम जोङ उनकी बहिनीले गरिन् यस्तो घोषणा
ताजा खबरJust now

बढ्यो उत्तर–दक्षिण कोरिया तनाव, किम जोङ उनकी बहिनीले गरिन् यस्तो घोषणा

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा सियोलविरोधी प्रचार प्रसारण पुनः सुरु गर्ने घोषणा गरेको छ। नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमामा सैनिक किल्ला निर्माण र बारुदी सुरुङ विस्फोटले तनाव बढिरहेका बेला यस्तो घोषणा गरेकी हुन्।  किम यो जोङले बिहीबार जारी वक्तव्यमा केही दिनभित्रै सीमामा लाउडस्पिकर तयारी अवस्थामा राखिने र अक्टोबरभित्रै मनोवैज्ञा... ...

नेपालखबर
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द
ताजा खबरJust now

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द

​दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदान गरिँदै आएको स्वास्थ्य बीमा सेवा पूर्ण रूपमा बन्द भएको छ। नेपाल सरकारका प्रणाली तथा सरकारी वेबसाइटहरूमा साइबर सुरक्षासम्बन्धी अपडेट भइरहेकाले सरकारी सर्भरहरूमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play