नरेश श्रेष्ठ स्मृति राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएका खेलमा मधेश र बागमती प्रदेशले जित निकालेका छन् । मधेशले सुदूरपश्चिमलाई १४ रनले पराजित गर्दा बागमतीले कोशी प्रदेशमाथि ११३ रनको फराकिलो जित हात पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मधेशले दिएको १६६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७.२ ओभरमा १५१ रनमै समेटियो । सुदूरपश्चिमका लागि भाष्कर जोशीले सर्वाधिक ४० रन बनाए । यस्तै राहुल चन्दले २३, आर्यन विकले २२ र निश्चल क्षेत्रीले १७ रनको योगदान दिए । मधेशका विशाल क्षेत्री र आशिक बैद्यले समान ...
यू–१९ क्रिकेटमा मधेश र बागमतीको जित, सुदूरपश्चिम र कोशी पराजित

Read Complete Original Article
Published originally on फरकधार





