काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पनि फितलो ब्याटिङ गरेको छ । अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्रै जोड्न सक्यो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । उनले ७१ बलमा ३ चौका प्रहार गरे । सचिन भट्टले ५५ बलमा ३२ रन जोडे ।दर्श सोनारले २२ बलमा १६ रन बनाए भने निरजकुमार यादवले २० बलमा १६ रनको योगदान गरे । आशिष लुहारले १३ बलमा ११ रन बनाए ।निश्चल क्षेत्रीले १४ बलमा ९, शुभम खनालले १९ बलमा ९ र कप्तान बिपिन शर्माले अविजित ९ रन बनाए । नितेश पटेलले ५ र सुशील रावलले २ रन जोडे । प्रसिद्ध जैसी खाता नखोली आउट भए । ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । निरजकुमार यादव १८ रनको स्कोरमा पहिलो विकेटका रूपमा आउट भए । त्यसपछि प्रसिद्ध जैसी र निश्चल क्षेत्री पनि छिट्टै आउट हुँदा नेपाल ३६ रनमा ३ विकेट गुमाएको अवस्थामा पुगेको थियो । सोहेल कुँवर र दर्श सोनारले पारी सम्हाल्ने प्रयास गरे । तर नियमित अन्तरालमा विकेट गुमाउँदा नेपाल ठूलो योगफल बनाउन असफल भयो । यूएईका नसीम खानले ८ ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । अयान मिस्बाहले १० ओभरमा २२ रन दिँदै ३ विकेट हात पारे । नुरुल्लाह अयोबीले २ विकेट लिए । नेपाल पहिलो म्याचमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
यू–१९ एसिया कपमा नेपालको ब्याटिङ फेरि कमजोर, यूएईलाई दियो १५४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






