नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । पोखराका युवराज सम्राले शतक बनाए । सम्रा ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन जोड्दै आउट भए । यस्तै कप्तान कुशल भुर्तेलले ६२, चमिका करुणारत्नेले नटआउट ३५ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिए । युवराज साम्राले एनपीएलको इतिहासमा चौथो र याे संस्करणमा पहिलाे शतक बनाएका हुन् । एनपीएलमा शतक बनाउने ४ खेलाडीमध्ये युवराज पोखराका तेस्रो खेलाडी हुन् । पहिलो संस्करणमा पोखराका आन्द्रेस गौस तथा दोस्रो संस्करणमा पोखराकै एडम रसिङटन र कर्णालीका मार्क वाटले शतक बनाएका थिए । कर्णाली ४ खेलमा ४ अङ्कसहित छैटौँ स्थानमा छ । लगातार ४ खेल हारेको पोखरा अङ्कविहीन हुँदै पुछारमा छ । एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाज खेल्दैछन् । काठमाण्डौ ४ खेलमा ६ अङ्कसहित दोस्रो र चितवन ४ खेलमा ५ अङ्कसहित चौथो स्थानमा छ । The post युवराजकाे शतक, कुशल भुर्तेलकाे अर्धशतकमा पाेखराले दियाे कर्णालीलाई २१८ रनकाे लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
युवराजकाे शतक, कुशल भुर्तेलकाे अर्धशतकमा पाेखराले दियाे कर्णालीलाई २१८ रनकाे लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर






