Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने

युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले शुक्रबार ‘पान–युरोपियन’ कम्पनी स्थापना गर्ने नयाँ योजनालाई समर्थन गरेका छन्। यस योजनाले नवीन सोचमा आधारित स्टार्टअपलाई विस्तार गर्न सहज बनाउनुका साथै आर्थिक अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘ईयू इङ्क’ नाम दिइएको यो प्रस्तावलाई युरोपको प्रतिस्पर्धात्मक क्षमता बढाउने र संयुक्त राज्य अमेरिका तथा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने व्यावसायिक वातावरण निर्माण गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। प्रस्तावित व्यवस्थाअनुसार, उद्यमीहरूले युरोपेली सङ्घभित्र जुनसुकै सदस्य राष्ट्रबाट पूर्ण रूपमा अनलाइन माध्यम प्रयोग गरी दुई दिनभित्र कम्पनी दर्ता गर्न सक्नेछन् । यसले विभिन्न देशमा कम्पनी सञ्चालन गर्दा सामना गर्नुपर्ने प्रशासनिक झन्झट र सीमापारका प्रक्रियागत अवरोध घटाउने अपेक्षा गरिएको छ। नयाँ व्यवस्थाअन्तर्गत कम्पनी स्थापना गर्न १०० युरो (करिब ११२ अमेरिकी डलर) भन्दा कम खर्च लाग्ने प्रस्ताव छ। यसरी दर्ता भएका कम्पनीले ईयूको एकल बजारभर आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेछन्। यद्यपि, कम्पनी दर्ता प्रक्रियालाई सरल बनाउँदा आर्थिक अपराध नियन्त्रणसम्बन्धी प्रावधानलाई पनि प्राथमिकता दिइएको छ। ईयूको अध्यक्षता गरिरहेको आयरल्यान्डका अनुसार, सम्बन्धित राष्ट्रिय कानुनबमोजिम सम्पत्ति शुद्धीकरण, आतङ्कवादी गतिविधिमा हुने वित्तीय सहयोग वा अन्य आपराधिक गतिविधिको जोखिम देखिएमा अधिकारीहरूले कम्पनी दर्ता अस्वीकार गर्न सक्नेछन्। ‘२८औँ व्यवस्था’ का रूपमा समेत चिनिने यो प्रस्तावले सदस्य राष्ट्रहरूका विद्यमान कम्पनीसम्बन्धी कानुनभन्दा अलग, ईयूभर लागू हुने साझा व्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ। तर, प्रस्तावलाई कानुनी मान्यता दिन सदस्य राष्ट्रहरू र युरोपेली संसदबीच वार्ता गरी अन्तिम मस्यौदा पारित हुन आवश्यक छ। ईयूको कार्यकारी निकायले सन् २०२६ को अन्त्यसम्ममा विधायी प्रक्रिया पूरा हुने अपेक्षा गरेको छ। युरोपेली संसदले आगामी महिनासम्ममा यस प्रस्तावबारे आफ्नो धारणा तय गर्ने अपेक्षा गरिएको छ। युरोपेली संसदमा प्रस्ताव अघि बढाइरहेका ‘सोसलिस्ट एन्ड डेमोक्र्याट्स’ समूहका सांसद रेने रेपासीले भने नयाँ व्यवस्थामा कामदारका अधिकारलाई पनि पर्याप्त संरक्षण गर्नुपर्ने बताएका छन्। उनका अनुसार, कम्पनीका निर्णय प्रक्रियामा कर्मचारीको सहभागिता बलियो बनाउनुपर्छ । साथै, कर्मचारीले काम गर्ने स्थानका आधारमा उनीहरूमाथि लागू हुने श्रम कानुन सुनिश्चित गरिनुपर्छ । स्टार्टअप स्थापना र विस्तारलाई सहज बनाउने लक्ष्य राखिएको यो प्रस्तावले युरोपेली बजारमा व्यवसाय सञ्चालनका अवरोध घटाउने अपेक्षा गरिएको छ । तर, यसको अन्तिम स्वरूप सदस्य राष्ट्रहरू र युरोपेली संसदबीच हुने वार्ताबाट निर्धारण हुनेछ। The post युरोपमा दुई दिनमै कम्पनी दर्ता गर्न सकिने व्यवस्था ल्याउने तयारी, स्टार्टअपलाई विस्तार गर्न सहज बनाउने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

इनड्राइभले २०२७ मा कजाख्स्तानमा रोबोट्याक्सी परीक्षण गर्ने
प्रविधिJust now

इनड्राइभले २०२७ मा कजाख्स्तानमा रोबोट्याक्सी परीक्षण गर्ने

यात्रुले र चालकले भाडाबारे आपसी सहमति गर्न सक्ने सुविधा भएको राइड-हेलिङ कम्पनी इनड्राइभले चिनियाँ स्वचालित ड्राइभिङ प्रविधि कम्पनी पोनी.एआई र एनभिडियासँग मिलेर सन् २०२७ मा कजाखस्तानमा रोबोट्याक्सी परीक्षण गर्ने तयारी गरेको छ। कम्पनीहरूले शुक्रबार पोनी.एआईका रोबोट्याक्सीलाई इनड्राइभको प्लेटफर्ममा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यो सहकार्यले अमेरिका र चीनबाहिर पनि चालकविहीन सवारी प्रविधिप्रति चासो बढिरहेको देखाउँछ। इनड्राइभका प्रमुख प्रविधि ...

टेक्नोलोजी खबर
नोकियाले पोल्याण्डमा २५० रोजगारी कटौती गर्ने योजना
प्रविधिJust now

नोकियाले पोल्याण्डमा २५० रोजगारी कटौती गर्ने योजना

ट्रेड युनियन ‘ज्भ्याज्कोवा अल्टरनेटिभा’ को एक विज्ञप्ति अनुसार, नोकियाले पोल्याण्डमा २५० भन्दा बढी रोजगारी कटौती गर्ने योजना बनाएको छ। उक्त युनियनले नोकियामाथि ट्रेड युनियनसँग गर्नुपर्ने अनिवार्य परामर्श नगरेको आरोप लगाएको छ। युनियनका अनुसार, नोकियाले यस प्रक्रियामा ट्रेड युनियनको सट्टा स्वेच्छाचारी ढंगले छनोट गरिएका कर्मचारी प्रतिनिधिहरूलाई संलग्न गराएको छ। यो कटौतीले पोल्याण्डलाई फिनल्याण्डपछि युरोपमा दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक बनाएको छ। प्रतिवेदनहरूका अनुसार युरोपभरि करिब ...

टेक्नोलोजी खबर
अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी
प्रविधिJust now

अमेरिकी विश्वविद्यालयका नेपाली प्राध्यापक चेतराज पाण्डे नासाको परियोजनामा सहभागी

काठमाडौं । अमेरिकाको टेक्सास क्रिस्चियन युनिभर्सिटी (टीसीयू) मा कम्प्युटर विज्ञानका सहायक प्राध्यापकका रूपमा कार्यरत डा. चेतराज पाण्डे अमेरिकी अन्तरिक्ष निकाय नासा (NASA) को ३६ लाख अमेरिकी डलरको अनुसन्धान तथा जनचेतनामूलक परियोजनामा सहभागी भएका छन् ।विश्वविद्यालयले सार्वजनिक गरेको जानकारीअनुसार, डा. पाण्डे उक्त परियोजनामा को–इन्भेस्टिगेटर (CO-I) का रूपमा सहभागी भएका हुन् । ३६ लाख अमेरिकी डलर बजेटको यो परियोजनाको नेतृत्व टीसीयूमा मेटियोरिटिक्स ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play