Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपका अधिकांश देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजका खानेकुरा कुहिए
Photo / Coverage: केन्द्रबिन्दु

स्टकहोम । युरोपेली सुपरमार्केटहरूमा लक्षित गरेर सोमबार बिहान भएको एक नयाँ साइबर आक्रमणले स्विडेन, लक्जम्वर्ग,आयरल्यान्ड, बेल्जियमलगायत देशका पसलहरूलाई प्रभावित बनाएको छ । ह्याकरहरूले पसलहरूमा रहेका फ्रिज र फ्रिजरको तापक्रम अत्यधिक बढाएर लाखौँ रुपैयाँ बराबरको खाना नष्ट गर्न बाध्य पारेका छन् । स्टकहोमको एक स्टोरकी सेल्स म्यानेजर इन्ग्ला इन्ग्वालले भनिन्, ‘सबै कुरा नष्ट भयो । सोमबार बिहान २ बजेतिर भएको यो आक्रमणबाट हाम्रा फ्रिजरको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्यो ।’ यसले गर्दा स्टोरहरूले कुहिएका तथा बिग्रिएका खाद्यान्नहरू फ्याँक्नु परेको छ । गत महिना फ्रान्समा यस्तै किसिमको आक्रमण भएको थियो । जसमा सयौँ सुपरमार्केटका कुलिङ युनिटहरू ह्याकरले नियन्त्रणमा लिँदा आगलागी र खाद्यान्नको क्षति भएको थियो । यसपटकको घटनामा बेल्जियम र लक्जेम्बर्ग, स्विडेनका ठूला ग्रोसरी चेनहरू प्रभावित भएका छन् । यस आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन । रुस–युक्रेन युद्धपछिको सुरक्षा तनाव र हाइब्रिड खतराका कारण युरोपेली अधिकारीहरू चिन्तित बनेका छन् । बेल्जियमको साइबर सुरक्षा केन्द्रकी कात्रिएन एगर्सले एआईको प्रयोगमार्फत जुनसुकै आईटी प्रणाली पनि जोखिममा पर्न सक्ने चेतावनी दिएकी छन् । साइबर सुरक्षा अनुसन्धानकर्ता टम हेगेलले खुद्रा व्यापार क्षेत्रलाई यस्तो आक्रमणको जोखिममा रहेको बताए । किनकि, रिफ्रिजरेसन कन्ट्रोलर र अन्य डिजिटल प्रणालीहरूको विशाल नेटवर्क यस्तो व्यापार क्षेत्रमा हुन्छ । युरोपेली संघका कृषि आयुक्त क्रिस्टोफ हानसेनले यसलाई खाद्य आपूर्ति शृखंला ध्वस्त पार्ने गम्भीर प्रयास भन्दै कडा चेतावनी दिएका छन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
Latest NewsJust now

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो। दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए। गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा ...

केन्द्रबिन्दु
एनपीएलमा आज दुई खेल, शीर्ष स्थान जोगाउन लुम्बिनी र पुनरागमनको होडमा विराटनगर
Latest NewsJust now

एनपीएलमा आज दुई खेल, शीर्ष स्थान जोगाउन लुम्बिनी र पुनरागमनको होडमा विराटनगर

लिग चरणका प्रतिस्पर्धात्मक खेलहरू अघि बढ्दै जाँदा टोलीहरूबीच अङ्क तालिकाको शीर्ष चारमा स्थान बनाउन कडा प्रतिस्पर्धा भइरहेको छ। ...

हाम्राकुरा
सामुदायिक विद्यालयमा पूर्वाधार विकास योजना
Latest NewsJust now

सामुदायिक विद्यालयमा पूर्वाधार विकास योजना

काठमाडौँ, कात्तिक १९ गते । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकलाई आकर्षित गराउने उद्देश्यले सरकारले विद्यालय पूर्वाधार विकास योजना अगाडि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर... ...

गोरखापत्र
संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन
Latest NewsJust now

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न कूटनीतिक तथा व्यावसायिक कडाइका साथ निर्देशन दिएका छन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play