Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
Photo / Coverage: केन्द्रबिन्दु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो। दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए। गम्भीर घाइते मङ्गोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मङ्गोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार छन्। घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
Latest NewsJust now

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक... ...

रातोपाटी
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
Latest NewsJust now

आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

काठमाडौँ। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा ...

नेपालन्युज
आज पश्चिमी वायुको आंशिक प्रभाव
Latest NewsJust now

आज पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ, कात्तिक १९ गते । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।मौसम व... ...

गोरखापत्र
ट्रम्पमाथि संसद्को लगाम
Latest NewsJust now

ट्रम्पमाथि संसद्को लगाम

अमेरिकी राजनीतिमा एउटा पुरानो मान्यता छ, मध्यावधि निर्वाचन राष्ट्रपतिका लागि जनमत परीक्षण हो। राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि मतदाताले सरकारको काम, निर्णय र नेतृत्व शैलीको मूल्याङ्कन गर्छन्। यसपटकको निर्वाचनले यही मान्यतालाई फेरि पुष्टि गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैको नियन्त्रण गुमाएको छ। यसले ह्वाइट हाउसको राजनीतिक शक्ति कमजोर बनाएको छ भने विपक्षी डेमोक्र्याटिक पार्टीलाई आगामी ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play