युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ । विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिबार यस्तो आदेश दिएको हो । उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमा आफूविरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन् । मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो । यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो । उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए । यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो । उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्याउन ढिलाइ हुँदै आएको थियो । उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए । यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ । केहि दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन् । The post युट्युबर ध्रुव राठीविरुद्ध पक्राउ पुर्जी जारी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

भोटेकोशी बाढीपछि ७७७ विद्यार्थी विस्थापित
बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संरक्षण र हेरचाह गर्न बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच समझदारी भएको छ । ...

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै
केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन... ...

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट गिरफ्तार
लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले उनलाई शनिबार ललितपुरबाट गिरफ्तार गरेको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको हो। इनाम सापकोटासँगको कारोबारमा जोडिएपछि उनलाई प्रहरीले नियन्... ...

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । साइबर ब्युरोमा ...


