Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण
Photo / Coverage: टेक्नोलोजी खबर

जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोक्नुपरेको थियो। यस आक्रमणमा रुसको संलग्नता रहेको आशङ्का गरिएको स्रोतहरूले शुक्रबार बताएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने युरोपेली रक्षा कम्पनीहरू पछिल्लो समय साइबर आक्रमणको निशानामा पर्दै आएका छन् । साइबर आक्रमणका अतिरिक्त यस्ता कम्पनीका कारखानामा विस्फोट गराइएका छन्, कार्यालयमा पेट्रोल बम प्रहार भएका छन् भने कम्पनीका उच्च अधिकारीहरू रुससँग सम्बन्धित हत्याका षड्यन्त्रको निशानामा परेका छन् । म्युनिखनजिकै अवस्थित क्वान्टम सिस्टम्सले टोही ड्रोन तथा अन्य मानवरहित प्रणाली उत्पादन गर्छ। कम्पनीका अनुसार अक्टोबरको अन्त्यतिर ‘शत्रुतापूर्ण समूह’ ले उसको प्रणालीमाथि साइबर आक्रमण गरेको थियो। कम्पनीले विज्ञप्तिमा भनेको छ, “सम्बन्धित सरकारी निकायसँगको निकट र पारदर्शी सहकार्य तथा हाम्रा सूचना प्रविधि र सुरक्षा टोलीको तत्काल प्रतिक्रियाका कारण उक्त खतरा नियन्त्रणमा लिन सफल भयौँ ।” कम्पनीले आफ्नो प्रणालीको सञ्चालनमा कुनै जोखिम नरहेको पनि जनाएको छ। यद्यपि, घटनाबारे थप विवरण दिन अस्वीकार गरेको छ। यस घटनाबारे जानकार एक स्रोतले एएफपीलाई बताएअनुसार, ड्रोनको नियन्त्रण तथा उडान योजना तयार गर्ने प्रणालीका लागि अद्यावधिक सूचना पठाउने सर्भरमार्फत एउटा हानिकारक फाइल पठाइएको थियो । घटनाबारे जानकारी पाएपछि जर्मन सेनाले सावधानीका रूपमा क्वान्टम कम्पनीका आफ्ना ड्रोन केही समयका लागि उडानमा प्रयोग गर्न रोकेको स्रोतले जनाएको छ। प्रारम्भिक सङ्केतले आक्रमणमा रुसको संलग्नता रहेको देखाएको र गुप्तचर निकायहरूले अनुसन्धान गरिरहेको पनि स्रोतले बताएको छ। यस विषयमा टिप्पणी माग्दै गरिएको अनुरोधमा जर्मनीको रक्षा मन्त्रालयले तत्काल प्रतिक्रिया दिएन । युक्रेनको प्रमुख समर्थकमध्ये एक जर्मनीले आफ्नो भूमिमा रुसले साइबर आक्रमण, जासुसी तथा तोडफोडका गतिविधि सञ्चालन गरिरहेको आरोप लगाउँदै आएको छ। रुसले भने यस्ता घटनामा आफ्नो संलग्नता रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ। क्वान्टमले पनि उक्त साइबर आक्रमणलाई युक्रेनलाई सैन्य सामग्री आपूर्ति गर्ने आफ्नो भूमिकासँग जोडेको छ। कम्पनीका टोही ड्रोन युक्रेनमा प्रयोग हुँदै आएका छन्। साथै, युक्रेनी सेनाका लागि आक्रमणकारी तथा जासुसी ड्रोन उत्पादन गर्ने त्यहाँको एक नवप्रवर्तनशील कम्पनीसँग क्वान्टमको संयुक्त उद्यमसमेत छ। कम्पनीले भनेको छ, “युक्रेनलाई सहयोग गर्ने अग्रपङ्क्तिमा रहेका कम्पनीहरूलाई नै लक्षित गरिएको छ, किनभने हाम्रो काम ग्राहकहरूको सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण छ।” रासस/एएफपी The post युक्रेनलाई ड्रोन आपूर्ति गर्ने जर्मन कम्पनीमाथि साइबर आक्रमण appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित
TechnologyJust now

एक दिनभन्दा बढी समयपछि माइक्रोसफ्ट आउटलुक र टिम्समा देखिएको समस्या कम; पूर्ण सञ्चालनमा आउने समय अनिश्चित

२४ घण्टाभन्दा बढी समयदेखि व्यवसाय र सरकारहरूमा अनलाइन सञ्चारमा अवरोध आएपछि शुक्रबार माइक्रोसफ्ट आउटलुक र टिम्सको विश्वव्यापी अवरोध कम हुँदै गइरहेको छ, यद्यपि कम्पनीले सेवाहरूको पूर्ण पुन: प्राप्तिको लागि अझै पनि कुनै समयसीमा नभएको बताएको छ। माइक्रोसफ्टले घटनाको पछाडि सर्भर समस्याहरू रहेको बताएको छ जसले यसको कोपाइलट एआई सहायकलाई पनि असर गरेको छ र सफ्टवेयर समाधानहरूको व्यापक रोलआउटले प्रणालीलाई स्थिर बनाइरहेको ...

टेक्नोलोजी खबर
नेपाल टेलिकमको प्रथम त्रैमासिक आम्दानी स्थिर, रसुवाको भोटेकोशी बाढीले आम्दानी र नाफामा असर पारेको दाबी
TechnologyJust now

नेपाल टेलिकमको प्रथम त्रैमासिक आम्दानी स्थिर, रसुवाको भोटेकोशी बाढीले आम्दानी र नाफामा असर पारेको दाबी

नेपाल टेलिकमले गत आवको तुलनामा आफ्नो आम्दानी बढाउन नसकेको देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा ग्राहकहरुबाट ८ अर्ब ६७ करोड ८२ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ। यो रकम रकम गत आ.व. को सोही अवधिको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँको तुलनामा १२ लाख ६० हजार रुपैयाँ (अर्थात् ०.०१ ...

टेक्नोलोजी खबर
वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली
TechnologyJust now

वैज्ञानिकहरूले विकास गरे मस्तिष्कको गतिविधि विश्लेषण गरी देखेका तस्बिर पुनः निर्माण गर्न सक्ने एआई प्रणाली

वैज्ञानिकहरूले मानिसको मस्तिष्कको गतिविधि विश्लेषण गरेर उसले हेरेका तस्बिर पुनः निर्माण गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रणाली विकास गरेका छन्। ‘ब्रेन–आईटी’ नाम दिइएको यो प्रणालीले मस्तिष्कको स्क्यानबाट दृश्य पहिचान गरी त्यसलाई तस्बिरमा बदल्न सक्छ। इजरायलको वाइमन इन्स्टिच्युट अफ साइन्सका अनुसन्धानकर्ताहरूले विकास गरेको यो प्रणालीले फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एफएमआरआई) प्रविधिबाट प्राप्त मस्तिष्कको गतिविधिसम्बन्धी तथ्यांक प्रयोग गर्छ। विशेषगरी दृश्य प्रशोधन गर्ने मस्तिष्कको ...

टेक्नोलोजी खबर
अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने
TechnologyJust now

अब गुगलको नयाँ सर्च अपग्रेडले जटिल प्रश्नको अझ राम्रो उत्तर दिने

गुगल सर्च अब जटिल प्रश्नहरू बुझ्नमा अझ सक्षम हुँदै गएको छ जसमा धेरै भाग भएका प्रश्न, अत्यन्त विशिष्ट अनुरोध वा बुझ्न गाह्रो पर्ने टाइपिङ त्रुटि भएका प्रश्न पनि पर्छन्। यी सुधार कम्पनीले हालै सार्वजनिक गरेको नयाँ जेमिनी ४ हाइड्रोजन मोडेलमार्फत आएका हुन्, जसलाई गुगलले आफ्नो “सर्चका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मोडेल सुधार” भएको दाबी गरेको छ। गुगलका अग्रणी मोडेल जेमिनी ४ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play