युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार

काठमाडौं । युक्रेनले युद्धको इतिहासमा पहिलोपटक घाइते सैनिकलाई भारी ड्रोनको सहायताले उद्धार गरेको दाबी गरेको छ । कोस्त्यान्तिन भ्लासेन्को नामका सैनिक ४९१ दिनसम्म रुसी सेनाको खतराबीच सीमावर्ती क्षेत्रमा फसेका थिए । पूर्वी युक्रेनको कुपियान्स्क मोर्चामा खटिएका भ्लासेन्को १४ फेब्रुअरीमा रुसी ड्रोन आक्रमणमा घाइते भएका थिए । उक्त आक्रमणमा उनका साथीको मृत्यु भएको थियो भने विस्फोटका छर्राले उनका दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उपचार नपाउँदा उनको दाहिने खुट्टामा सड्ने समस्या देखिएपछि उनले आफैँ खुट्टा काटेर अलग गरेको समाचारमा उल्लेख छ । घाइते अवस्थामा रहेका उनलाई युक्रेनी सेनाले ड्रोनमार्फत खाना, पानी र औषधि पुर्याउँदै आएको थियो । स्थलमार्गबाट उद्धार गर्ने प्रयास रुसी सेनाले रोबोट नष्ट गरेपछि असफल भएको थियो । त्यसपछि सैनिकलाई सुरक्षित निकाल्न विशेष योजना तयार पारिएको थियो । उद्धारका लागि करिब १३० किलोग्रामसम्म तौल बोक्न सक्ने ‘हेभी सट अयुदाग–६’ नामको भारी ड्रोन प्रयोग गरिएको थियो । ड्रोनमा विशेष उपकरण जडान गरी भ्लासेन्कोलाई सुरक्षित रूपमा बाँधेर खतरनाक क्षेत्रबाट बाहिर निकालिएको थियो । उडानका क्रममा ब्याट्री परिवर्तन गर्ने व्यवस्था पनि मिलाइएको थियो । ड्रोनबाट सुरक्षित स्थानमा पुर्याइएपछि भ्लासेन्कोलाई ‘मिरोतभोरेत्स’ नामक टाढैबाट सञ्चालन गर्न सकिने रोबोटिक सवारीमा राखियो । त्यसपछि उद्धार टोलीले उनलाई अस्पताल पुर्याएको थियो । अभियानमा युक्रेनका विभिन्न सैन्य एकाइ र ड्रोन सञ्चालक सहभागी भएका थिए । रुस–युक्रेन युद्धमा ड्रोनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । समाचारअनुसार युक्रेनले हरेक वर्ष करिब १० लाख सस्ता ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरेको दाबी गरिएको छ । The post युक्रेनमा घाइते सैनिकको ४९१ दिनपछि ड्रोनबाट उद्धार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

मल्लकालीन परम्परा जोगाउँदै खाँ जात्रा
भक्तपुर।विजयादशमीको भोलीपल्ट आज पापांकुश एकादशीको दिन मध्यपुरथिमिमा मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ। तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कु दरबारस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने हातहतियार बोकेर युद्ध कला प्रदर्शन गर्दै उक्त जात्रा सम्पन्न गरिएको संस्कृतिकर्मी एवं जात्राका पमा नाइके श्यामकाजी पमा श्रेष्ठले जानकारी दिए। दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी ...

चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन
• चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बेइजिङमा समारोह आयोजना गरेको छ। • राष्ट्रपति सी चिनफिङले कार्यक्रममा महत्त्वपूर्ण सम्बोधन गरेका छन् र विभिन्न नेताहरू उपस्थित थिए। • चाइना मिडिया ग्रुपले विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्नेछ, जसमा लङ मार्चको कठिन यात्रा स्मरण गरिनेछ। ...

कसरी जन्मियो कांग्रेसको चियापान संस्कृति ?
काठमाडाैँ । नेपाली कांग्रेसले २०३५ सालमा विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारत निर्वाचनबाट फर्केपछि कोजाग्रत पूर्णिमाका दिन ‘चियापान समारोह’ गर्दै आएको छ । यसलाई कांग्रेस आफूले नेपाली राजनीतिको एउटा विशिष्ट र सांस्कृतिक... ...

सामाजिक सञ्जालबाट सात करोडको कमाइ
अर्घाखाँची।सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन्।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ। तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ ...


