Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युक्रेनले रुसलाई कब्जामा रहेको क्रिमियासँग जोड्ने महत्वपूर्ण पुलमा ठूलो क्षति पुर्‍याएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई लामो तयारीपछि गरिएको ‘अभूतपूर्व सैन्य कारबाही’ बताएका छन् । युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका तस्बिरमा पुलको एउटा ठूलो भाग भत्किएर पानीमा खसेको देखिएको छ । आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको छ भने रेलमार्गको केही संरचनामा समेत असर परेको छ । युक्रेनी सेनाका अनुसार पुलबाट सवारी आवागमन बन्द भएको छ । जेलेन्स्कीका अनुसार सात चरणमा गरिएको सैन्य कारबाहीमा रुसी हवाई सुरक्षा प्रणाली, राडार र अन्य सैन्य संरचनालाई क्रमशः निशाना बनाइएको थियो । यसक्रममा ड्रोन तथा फ्लेमिङ्गो र नेप्च्युन क्षेप्यास्त्र प्रयोग गरिएको थियो । रुसले भने पुल पुनर्निर्माण गरेर पहिलेभन्दा राम्रो बनाउने जनाएको छ । सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको उक्त पुल रुसी सेनाका लागि सैनिक, इन्धन तथा अन्य सामग्री ओसारपसार गर्ने महत्वपूर्ण मार्ग हो । पुलमा भएको क्षतिले रुसी सैन्य आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने अनुमान गरिएको छ । यसैबीच, रुसी आक्रमणबाट युक्रेनको राजधानी किएभका दुई प्रमुख पुल पनि बन्द भएका छन् । किएभका मेयर भिताली क्लिच्कोका अनुसार ड्निप्रो नदीमाथिका उत्तरी र दक्षिणी पुलमा क्षति पुगेको छ । दक्षिणी पुल आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ भने राजधानीका केही क्षेत्रमा खानेपानी र ताप आपूर्तिसमेत प्रभावित भएको छ । The post युक्रेनको आक्रमणबाट रुस र क्रिमिया जोड्ने पुलमा ठूलो क्षति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ
Latest NewsJust now

२५ वर्ष कैद सजाय तोकिएकी फरार महिला प्रतिवादी पक्राउ

पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, मङ्सिर २ गते । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएकी एक फरार महिलालाई पश्चिम नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सन् २०२७ देखि सञ्चालन गर्न प्रस्ताव गरेको छ । त्यसको कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा नेपालले तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र र हिमनदीमा निर्भर समुदायले भोगिरहेका जोखिम सम्बोधन गर्ने उद्देश्यले कोप–३१ को अध्यक्षताको परामर्शमा तयार गरिएको निर्णय मस्यौदामा छुट्टै ...

केन्द्रबिन्दु
कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न
Latest NewsJust now

कम्बोडियामा एक हजार वर्ष पुरानो मन्दिरको पुनर्निर्माण सम्पन्न

एजेन्सी । कम्बोडियाको प्रसिद्ध अङ्कोर पुरातात्विक क्षेत्रमा रहेको करिव एक हजार वर्ष पुरानो वेस्ट मेबोन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत अङ्कोर क्षेत्रमा रहेको उक्त मन्दिरको १४ वर्ष लामो पुनर्निर्माण परियोजना पूरा भएपछि उद्घाटन गरिएको हो । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मन्दिरको संरक्षण र पुनस्र्थापनाका लागि लामो समयदेखि काम […] ...

मकालु खबर
ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत
Latest NewsJust now

ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएसँगै २६ वर्षपछि अमेरिकाले गुमायो दादुरामुक्त हैसियत

Getty Images संयुक्त राज्य अमेरिकामा एमएमआर खोप लगाउने दर ९२.४ प्रतिशतमा झरेको छ संयुक्त राज्य अमेरिकाले तीन दशक यताको सर्वाधिक ठूलो दादुरा सङ्क्रमण सामना गरेपछि उसले औपचारिक रूपमा नै उक्त घातक रोग ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play