Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

युएईमा अलपत्र नेपालीलाई दुई दिनभित्र स्वदेश फर्काइने गृहमन्त्रीको प्रतिबद्धता

Share:WhatsAppFacebookX (Twitter)Telegram
युएईमा अलपत्र नेपालीलाई दुई दिनभित्र स्वदेश फर्काइने गृहमन्त्रीको प्रतिबद्धता
Photo / Coverage: नेपालन्युज

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारलाई दुई दिनभित्र स्वदेश फर्काउने तयारी थालिएको छ। हाल दुबईमा रहेका गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत पीडितहरूलाई उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्। युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले सार्वजनिक गरेको भिडियो सन्देशपछि गृहमन्त्री गुरुङले उक्त प्रतिक्रिया दिएका हुन्। उनले दूतावासबाट उद्धारका लागि टोली खटाइसकिएको जानकारी दिँदै उद्धार प्रक्रिया अघि बढेको बताएका छन्। गृहमन्त्री गुरुङले भने, ‘दूतावासबाट हिजै एउटा टोली पठाइसकिएको छ, उनीहरूको उद्धार गरी २ दिनभित्र स्वदेश फर्काइनेछ।’ साथै, स्वदेश फर्कन चाहनेहरूको सङ्ख्या निकै कम देखिएको उनले उल्लेख गरेका छन्। अलपत्र परेका युवाहरूले प्याराडाइज म्यानपावरमार्फत आफूहरू युएई पुगेको बताएका छन्। वीरगञ्ज, धादिङ, दोलखा, काठमाडौं र काभ्रे लगायतका जिल्लाबाट आएका उनीहरूले आफूहरूसहित २ सयदेखि ३ सय नेपाली बिचल्लीमा परेको दाबी गरेका छन्। सरकारले तोकेको सेवा शुल्कभन्दा बढी जनही दुईदेखि तीन लाख रुपैयाँसम्म म्यानपावर कम्पनीले असुलेको उनीहरूको आरोप छ। कामदारहरूले आफूहरूलाई प्याकिङ, वेयरहाउस र लोडिङ-अनलोडिङको काम दिने भन्दै लगिए पनि त्यहाँ निकै कठिन अवस्थामा काम गर्न बाध्य पारिएको गुनासो गरेका छन्। समयमा काम नसके गाली गर्ने, तलबबाट पैसा काट्ने र सम्झौताअनुसारको सेवासुविधा नदिएको उनीहरूको भनाइ छ। उनीहरूले म्यानपावर कम्पनी बन्द गर्न र आफूहरूको राहदानी तथा भिसा फिर्ता गराई स्वदेश फर्काउने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते
Latest NewsJust now

इरानमा बस पल्टिँदा १३ जनाको मृत्यु, १४ घाइते

काठमाडौँ । इरानको इलाम प्रान्तमा यात्रुवाहक बस पल्टिँदा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । शनिबार साँझ भएको यस दुर्घटनामा दहलरानस्थित एनजीएल परिसरमा कार्यरत ‘ओइको’... ...

रातोपाटी
जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य
Latest NewsJust now

जलवायु कार्यमा पारदर्शिता र राजनीतिक प्रतिबद्धता अपरिहार्य

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु प्रतिबद्धता कार्यान्वयनलाई प्रभावकारी र विश्वसनीय बनाउन पारदर्शिता तथा सरकारहरूको राजनीतिक प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् । कोप–३१ अन्तर्गत मंगलबार... ...

रातोपाटी
एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
Latest NewsJust now

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगर निवासी ३५ वर्षीय रोहित पथरियालाई पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका उनलाई सट्टेबाजीमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी ...

नेपालन्युज
किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
Latest NewsJust now

किर्ते गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

जनार्जन खत्रीसर्लाही, मङ्सिर १ गते । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव पक्राउ पर्नुभएको छ । गाउँसभा सम्पन्न गरेको माइन्यूटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play