Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

यी हुन ममता काफ्लेको हत्याका बारेमा पानीको पानी बनाउने वकिल

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन ममता काफ्लेको हत्याका बारेमा पानीको पानी बनाउने वकिल
Photo / Coverage: विश्वखबर

काठमाडौ –कहिलेकाहीँ आफ्नो परिवारको सदस्य नभए पनि, आफ्नो जन्मदेशको नागरिक नभए पनि, आफ्नो भाषा र संस्कृति नमिले पनि, कसैले अरूको पीडालाई यति गम्भीरतापूर्वक लिइदिन्छ कि ऊ आफ्नै परिवारको सदस्यजस्तै लाग्न थाल्छ।म्याथ्यु स्वीट भर्जिनियाको प्रिन्स विलियम काउन्टी, मनासस र मनासस पार्क क्षेत्रका डेपुटी कमनवेल्थ्स अटर्नी अर्थात् सरकारी वकिल हुन्। हाल चर्चित ममता काफ्ले हत्या मुद्दामा उनी अभियोजन पक्षको नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका छन्। ममताको शवसमेत फेला नपरेको यो जटिल मुद्दामा प्रमाणहरूलाई एकआपसमा जोड्ने, साक्षीहरूका बयान प्रस्तुत गर्ने र अदालतमा अभियोजन पक्षको तर्क स्पष्ट रूपमा राख्ने जिम्मेवारी उनले निर्वाह गरिरहेका छन्। विशेषगरी अदालतमा नरपिचास नरेश भट्टसँग उनले गरेको कडा सामना, सोधेका सटीक प्रश्नहरू र सत्यतथ्य बाहिर ल्याउन देखाएको दृढताले धेरै नेपालीहरूको ध्यान खिचेको छ। उनको काम हेर्दा मलाई लाग्छ, सरकारी वकिल हुनु केवल एउटा जागिर होइन, न्यायप्रतिको ठूलो जिम्मेवारी पनि हो।ममता आज हामीमाझ छैनन्। एउटी आमाले आफ्नी छोरी गुमाएकी छन्। एउटा सानो बच्चाले आमाको माया गुमाएको छ। एउटा परिवारले आफ्नो संसार गुमाएको छ। अनि संसारभरका नेपालीहरूले यो घटनालाई आफ्नै परिवारमा परेको पीडाजस्तै महसुस गरेका छन्। यस्तो परिस्थितिमा म्याथ्यु स्वीटले देखाएको मेहनत, तयारी, धैर्य र दृढता हाम्रो समुदायका लागि ठूलो आशाको आधार बनेको छ। भोलि अदालतको फैसला के आउँछ, त्यो न्यायालय र जुरीको विवेक तथा प्रस्तुत प्रमाणमा निर्भर छ।तर एउटा कुरा आजै भन्न सकिन्छ। फैसला जे आए पनि म्याथ्यु स्वीट र उनको अभियोजन टोलीले यस मुद्दामा गरेको मेहनत, समय र समर्पणप्रति हाम्रो सम्मान कम हुने छैन। हामीले चाहेको फैसला आउँदा मात्र धन्यवाद दिने र नआउँदा सबै योगदान बिर्सिने संस्कार हुनुहुँदैन।न्यायको प्रक्रिया निष्पक्ष होस्, सत्यतथ्यको उचित मूल्याङ्कन होस् र पीडित परिवारले न्याय पाओस् भन्ने हाम्रो साझा चाहना हो।प्रिय म्याथ्यु स्वीट, तपाईंले नेपाली समुदायलाई ठूलो गुण लगाउनुभएको छ। तपाईंले ममताको परिवारको पीडालाई गम्भीरतापूर्वक लिएर आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गरिरहँदा हजारौँ नेपालीहरूले तपाईंको कामलाई नजिकबाट हेरिरहेका छन्। तपाईंको मेहनतले ममताको परिवारलाई मात्र होइन, न्यायको प्रतीक्षामा रहेका हामी सबैलाई आशा दिएको छ। आज पीडा, आक्रोश, निराशा र अनिश्चितताका बीच तपाईं नेपाली समुदायका लागि एउटा अँध्यारो बादलमा देखिएको आशाको चाँदीको घेरा( बन्नुभएको छ। हामी तपाईंलाई कुनै विशेष फैसला दिलाउन दबाब दिन होइन, तपाईंले इमानदारीपूर्वक निर्वाह गरिरहनुभएको जिम्मेवारीको कदर गर्न चाहन्छौँ।मेरो व्यक्तिगत तर्फबाट र यस्तै भावना राख्ने सम्पूर्ण नेपाली समुदायको तर्फबाट तपाईंलाई हृदयदेखि धन्यवाद। म्याथ्यु स्वीटसँगै यस मुद्दामा खटिएका सरकारी वकिलहरू, अनुसन्धानकर्ता, प्रहरी अधिकारीहरू र न्यायका लागि निरन्तर आवाज उठाउने सबैप्रति पनि उत्तिकै सम्मान छ। प्रशन्न संग्रोलाको फेसबुक वालबाट

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना
Latest NewsJust now

भाइटीकाको अवसरमा प्रधानमन्त्री बालेनको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । यमपञ्चकको अन्तिम दिन बुधबार भाइटीकाको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै... ...

रातोपाटी
बेनी खानेपानीको पाइप लाइन मर्मत
Latest NewsJust now

बेनी खानेपानीको पाइप लाइन मर्मत

म्याग्दी। बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो। करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी ...

नेपालन्युज
बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा
Latest NewsJust now

बेलायती राजपरिवारकी सदस्य मेगनका पिता फेरि अमेरिकी प्रहरी हिरासतमा

काठमाडौँ । बेलायती राजपरिवारकी सदस्य मेगन, डचेस अफ ससेक्सका पिता थोमस मार्कल खुट्टामा लगाइएको विद्युतीय निगरानी उपकरण हटाएको आरोपमा पुनः अमेरिकी संघीय हिरासतमा पुगेका छन् । अदालती कागजातअनुसार ८२ वर्षीय मार्कल... ...

रातोपाटी
डेढ महिनादेखि प्रभावित बनेको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु
Latest NewsJust now

डेढ महिनादेखि प्रभावित बनेको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु

म्याग्दी । बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो । करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play