Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

बेनी खानेपानीको पाइप लाइन मर्मत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेनी खानेपानीको पाइप लाइन मर्मत
Photo / Coverage: नेपालन्युज

म्याग्दी। बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो। करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए। उनका अनुसार प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गर्न सकिने गरी परीक्षण गरिएको छ। राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन निर्माण गरिएको छ। बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए। विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो। वैकल्पिक मुहान सुक्न थालेपछि पुनः रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गर्न थालिएको संस्थाले जनाएको छ। संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ। प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति गर्न सकिने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन विपद्पछि अवरुद्ध भएको थियो। अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए। उनका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न
Latest NewsJust now

राम्रो माला उन्ने प्रतियोगिता सम्पन्न

अमरराज नहर्कीतनहुँ, कात्तिक २५ गते । स्थानीय उत्पादनको उपयोग र सिपको प्रवर्धन गर्ने उद्देश्यले तनहुँको शुक्लागण्डकी नगरपालिकाले राम्रो माला उन्ने प्रतियोगिता आयोजना गरेको छ । सयपत्... ...

गोरखापत्र
टीकामा सम्बन्धको शक्ति
Latest NewsJust now

टीकामा सम्बन्धको शक्ति

दिदीबहिनीको घरमा दाजुभाइ पुग्ने, निधारमा सप्तरङ्गी टीका लगाउने, मखमली र सयपत्रीको माला पहिरिने, ओखर फुटाउने, मिठामसिना परिकार खाने र एकअर्काको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने दिन हो भाइटीका। वर्षभरि आआफ्नै काम र जिम्मेवारीमा व्यस्त रहने दाजुभाइ तथा दिदीबहिनीलाई एउटै ठाउँमा भेला गराउने यो पर्व नेपाली समाजको पारिवारिक जीवनसँग गहिरो गरी जोडिएको छ। भोलि कात्तिक २५ गते बुधबार देशभर भाइटीका मनाइँदै ...

नेपालन्युज
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह
Latest NewsJust now

भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।  भाइटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस वर्षको पौराणिक मान्यताको पनि चर्चा गरेका छन्।  ‘पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा... ...

नेपालखबर
मौरीको टोकाईबाट एकको मृत्यु
Latest NewsJust now

मौरीको टोकाईबाट एकको मृत्यु

मौरीको टोकाईबाट एकको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–४ खैलारका ४३ वर्षीय वीर बहादुर थारुको मौरीको टोकाईबाट मंगलबार मृत्यु भएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play