Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख
Photo / Coverage: पर्दाफास

यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ उपहार योजना सफलतापूर्वक सम्पन्न गरेको छ। योजनामार्फत देशभरका ग्राहकलाई नगद पुरस्कार तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। योजनाको मुख्य पुरस्कारअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद जितेकी छन्। उनले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेपछि उक्त पुरस्कार प्राप्त गरेकी हुन्। त्यस्तै, पोखराका तेजबहादुर थापाले नयाँ यामाहा आर१५ एस मोटरसाइकल जितेका छन्। उनले पोखरास्थित यामाहाको आधिकारिक विक्रेता भिएडब्लू इन्टरप्राइजेज प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेका थिए। कम्पनीका अनुसार योजनाअन्तर्गत देशभरका हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जितेका छन्। यसका साथै साप्ताहिक विजेताहरूलाई एप्पल कम्पनीका विभिन्न आकर्षक विद्युतीय सामग्रीसमेत प्रदान गरिएको थियो। योजनाको अवधिभर १० हजारभन्दा बढी ग्राहकले यस्ता उपहार जित्न सफल भएका छन्। यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले यो योजना सञ्चालन गरेको जनाएको छ। कुल एक लाखभन्दा बढी ग्राहकले नाम दर्ता गराएको यस योजनामा देशभरबाट उत्साहजनक सहभागिता रहेको कम्पनीको भनाइ छ। नेपालभर १०५ भन्दा बढी आधिकारिक विक्रेताको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटर देशभरका ग्राहकलाई उपलब्ध गराउँदै आएको छ। कम्पनीले बिक्री, मर्मतसम्भार र आवश्यक पाटपुर्जासम्बन्धी एकीकृत सेवामार्फत ग्राहकलाई सवारीसाधन खरिददेखि बिक्रीपछिको सेवा तथा सक्कली पाटपुर्जासम्मको सुविधा प्रदान गर्दै आएको जनाएको छ। गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यामाहाले नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै लगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश
OthersJust now

पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश

९ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश रत्‍नबहादुर बागचन्दको एकल इजलासले विपक्षीका नाममा सूचना म्याद प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यस्तै, निवेदकहरूले माग गरेको अन्तरिम… ...

अनलाइन खबर
ल फर्ममा कानुनी परामर्श लिइरहेकै बेला हस्तमाया बस्नेत पक्राउ, सादा पोसाकका प्रहरीको धरपकड
OthersJust now

ल फर्ममा कानुनी परामर्श लिइरहेकै बेला हस्तमाया बस्नेत पक्राउ, सादा पोसाकका प्रहरीको धरपकड

काठमाडौं । काठमाडौंको कालिकास्थित जनचेतना ल फर्ममा कानुनी परामर्श लिइरहेकी हस्तमाया बस्नेतलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । सादा पोसाकमा पुगेको प्रहरी टोलीले ल फर्मभित्र प्रवेश गरी कानुन व्यवसायीसँग परामर्श गरिरहेकै अवस्थामा बस्नेतलाई नियन्त्रणमा लिएको हो । आर्थिक लेनदेनसम्बन्धी विवादमा लामो समयदेखि विभिन्न व्यक्तिविरुद्ध अदालतमा मुद्दा लड्दै आएकी बस्नेतलाई प्रहरीले अनुचित लेनदेन, आपराधिक लाभ […] ...

मकालु खबर
सभापतिमा आफूलाई सघाउन शशांकलाई विमलेन्द्रको आग्रह
OthersJust now

सभापतिमा आफूलाई सघाउन शशांकलाई विमलेन्द्रको आग्रह

निधिले महाधिवेशन संयोजकको जिम्मेवारी पाएका डा .शशांक कोइरालालाई भेटेर सभापतिमा आफूलाई सघाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement