Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
धितोपत्र बोर्डको आईपीओ पाइपलाइनमा ७२ अर्बभन्दा बढीको आवेदन, ११९ कम्पनी निष्कासनको प्रतिक्षामा
Photo / Coverage: विश्वखबर

काठमाडाैं । नेपाल धितोपत्र बोर्डको नियमन विभागले तयार पारेको विवरण अनुसार आर्थिक वर्ष २०८३/८४ को मिति २०८३/०८/०९ सम्ममा कुल ११९ वटा कम्पनीहरू प्राथमिक शेयर निष्कासनको विभिन्न प्रशासनिक चरणमा रहेका छन् । बोर्डमा आवेदन दिएका यी कम्पनीहरूले कुल ५१ करोड ७३ लाख ९३ हजार ५४६ कित्ता शेयर निष्कासन गरी ७२ अर्ब १ करोड ९७ लाख २३ हजार ४९६ रुपैयाँ बराबरको पूँजी सङ्कलन गर्ने लक्ष्य राखेका छन् । बोर्डका अनुसार सबैभन्दा धेरै कम्पनीहरू आवेदन दर्ताको पहिलो चरणमा रहेका छन्। आवेदन प्राप्त भएको यस पहिलो चरणमा ७९ वटा कम्पनीहरू रहेका छन्, जसले ४१ अर्ब ३२ करोड १४ लाख ७० हजार ६९६ रुपैयाँ बराबरको २८ करोड ८९ लाख ६२ हजार ३९३ कित्ता शेयर निष्कासनका लागि निवेदन दिएका हुन् । त्यस्तै, बोर्डको प्रारम्भिक समीक्षाको क्रममा दोस्रो चरणमा ६ वटा कम्पनीहरू रहेका छन्, जसको १ अर्ब ५४ करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख १५ हजार ४८० कित्ता शेयर अध्ययनको प्रक्रियामा रहेको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रारम्भिक अध्ययन पश्चात् टिप्पणी पठाएको तेस्रो चरणमा ४ वटा कम्पनीहरू रहेका छन्, जसको निष्कासन रकम ३ अर्ब ९५ करोड ७० लाख ८५ हजार ७ सय रुपैयाँ र शेयर संख्या ३ करोड ९५ लाख ७० हजार ८५७ कित्ता रहेको छ । त्यसैगरी, बोर्डले सोधेका प्रश्न तथा टिप्पणीको जवाफ पेस गरिसकेको चौथो चरणमा २० वटा कम्पनीहरू समावेश छन् । यी कम्पनीहरूले २० अर्ब ९ करोड १४ लाख ९९ हजार रुपैयाँ बराबरको १२ करोड ८ लाख ७८ हजार ५९५ कित्ता शेयर निष्कासनका लागि प्रक्रिया अघि बढाएका छन् । अन्तिम तथा पाँचौँ चरणमा कम्पनीहरूले पठाएको जवाफ बोर्डको समीक्षाको क्रममा रहेको छ, जसमा १० वटा कम्पनीहरू परेका छन् । यस चरणमा रहेका कम्पनीहरूले ५ अर्ब १९ करोड ४ लाख ७० हजार १ सय रुपैयाँ बराबरको ५ करोड १९ लाख ४ हजार ७०१ कित्ता शेयर निष्कासनको स्वीकृतिका लागि पर्खिरहेका छन् । बोर्डको यस पाइपलाइनमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, लगानी र माइक्रो इन्स्योरेन्स जस्ता विविध क्षेत्रका कम्पनीहरू संलग्न रहेका छन्, जसले अङ्कित मूल्य, प्रिमियम तथा बुक बिल्डिङ विधि मार्फत साधारण शेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु
Latest NewsJust now

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

• सुडानको अल–दामाजिनमा आरएसएफको ड्रोन आक्रमणमा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ, जबकि अन्य १५ जना घाइते भएका छन्। • सन् २०२३ देखि सुडानी सेना र आरएसएफबीचको युद्धमा दशौँ हजारको मृत्यु र लाखौँको विस्थापन भएको छ। • संयुक्त राष्ट्रसङ्घले सुडानको युद्धलाई विश्वकै गम्भीर मानवीय सङ्कटमध्ये एकको रूपमा वर्णन गरेको छ। ...

नेपालबहस
हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी
Latest NewsJust now

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

• इरानले हर्मुज जलघाँटीमा अमेरिकी सेनाका दुई ड्रोन खसालेको दाबी गरेको छ, जसमा एक एमक्यू–९ र लुकास आत्मघाती ड्रोन समावेश छन्। • इरानले अमेरिकी प्रतिबन्ध र सैन्य उपस्थितिको विरोध गर्दै आफ्नो हवाई रक्षा प्रणालीको प्रयोग गरेको जनाएको छ, र अमेरिकी सेनालाई नाकाबन्दी नगर्न चेतावनी दिएको छ। • अमेरिकी अर्थ मन्त्रालयले इरानी मुद्रा विनिमय केन्द्र र कम्पनीहरूमा प्रतिबन्ध लगाएको छ, जसले ...

नेपालबहस
लैंगिक हिंसा अन्त्यलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड
Latest NewsJust now

लैंगिक हिंसा अन्त्यलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

लैंगिक हिंसाले महिला, परिवार र राष्ट्रिय अर्थतन्त्रमा पार्ने असर न्यूनीकरण गर्न पीडितको संरक्षण, न्यायमा पहुँच र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । ...

कान्तिपुर
१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ
Latest NewsJust now

१४ वर्षीया बालिका बलात्कार र कुटपिटको भिडियो भाइरल बनाएको आरोपमा बाबु-छोरा पक्राउ

विराटनगर । मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement