Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता

Share:WhatsAppFacebookX (Twitter)Telegram
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ४ देखि ६ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । प्रदर्शनीमा राउटे समुदायका स्थानीय उत्पादन तथा परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार प्रदर्शनीमा राउटे समुदायका उत्पादनलाई बजार तथा उपभोक्तासमक्ष पुर्‍याउने उद्देश्यले दुईवटा स्टल निःशुल्क उपलब्ध गराउन लागिएको हो । ‘कृषि यान्त्रीकरणको प्रवर्द्धनसँगै हाम्रो रैथाने सीप, प्रविधि र स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धन पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले राउटे समुदायका उत्पादनलाई प्रदर्शनीमा स्थान दिन दुईवटा स्टल निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छौँ,’ शर्माले भने । राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन ‘सोसेक नेपाल’ नामक संस्थाले नेतृत्व तथा समन्वय गर्नेछ । संस्थाको पहलमा राउटे समुदायका प्रतिनिधिहरूलाई प्रदर्शनीमा ल्याई उनीहरूले उत्पादन गरेका परम्परागत तथा स्थानीय सामग्री प्रदर्शन र बिक्रीका लागि राखिनेछ । यसबाट राउटे समुदायको मौलिक सीप, संस्कृति र उत्पादनलाई व्यापक पहिचान दिलाउनुका साथै बजारसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कृषि यन्त्र र आधुनिक प्रविधिको प्रदर्शनमा केन्द्रित प्रदर्शनीमा रैथाने प्रविधि तथा परम्परागत उत्पादनलाई समेत समेटिनुलाई आयोजकले महत्त्वपूर्ण पक्षका रूपमा लिएको छ । आधुनिक कृषि प्रविधि र परम्परागत ज्ञान तथा सीपबीचको सम्बन्ध स्थापित गर्दै कृषि क्षेत्रको विविधता र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्य यस पहलले राखेको छ । कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना तथा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा प्रदर्शनी हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि स् कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ । तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिनेछ । यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने
Latest NewsJust now

ऊर्जामन्त्री श्रेष्ठले अगाडि बढाए पीपीए, पहिलो चरणमा एक हजार मेगावाट क्षमताका सरकारी कम्पनीसँग हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल सरकारको स्वामित्वमा रहेका कम्पनीहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा प्राधिकरणले करिब एक हजार मेगावाट क्षमताका विभिन्न सरकारी कम्पनीसँग पीपीए गर्न लागेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले सरकारी स्वामित्व भएका कम्पनीहरुसँग पीपीए गर्ने तयारी पूरा भएको बताए । उनले यसै हप्ताभित्र प्राधिकरण ...

कर्पोरट खबर
प्रमको भारत भ्रमण र जनअपेक्षा
Latest NewsJust now

प्रमको भारत भ्रमण र जनअपेक्षा

नेपाल र भारत दुवै देशका जनताको वृहत्तर हितलाई ध्यानमा राख्दै द्विपक्षीय सम्बन्धलाई पुनर्संयोजन गरी नयाँ उचाइमा पुर्‍याउन गम्भीर देखिएका छन् । विशेष गरी नेपालमा वालेन्द्र शाहको नेतृ... ...

गोरखापत्र
जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा
Latest NewsJust now

जुम्ला बसपार्क ८ बर्षपछि सञ्चालनमा

निर्माण कार्य सकिएको ८ बर्षपछि सबै विवाद सल्टाएर बसपार्कदेखि गाडीहरु छुट्न थालेपछि सदरमुकाम खलंगाका सडकहरूमा पार्किङ गर्नुपर्ने बाध्यता हटेको हो । ...

कान्तिपुर
एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा
Latest NewsJust now

एसिया-प्रशान्त सहयोगका लागि चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङले स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण र डेटा व्यवस्थापनलाई नियन्त्रण गर्ने नियमहरूलाई समर्थन गरेका छन्। चीनको सेन्जेनमा बुधबारदेखि जारी एपेक शिखर सम्मेलनका अवसरमा चीनका राष्ट्रपति सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play