याङ्गो ग्रुपले आफ्नो मोबिलिटी सेवाको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्कीलाई नियुक्त गरेको छ। उनले कम्पनीका विभिन्न बजारमा सुरक्षा रणनीति विकास, प्रविधिको प्रयोग र सुरक्षा मापदण्ड कार्यान्वयनको नेतृत्व गर्नेछन्। जेम्ल्यान्स्कीले कम्पनीका उत्पादन तथा सञ्चालन टोलीसँगै सडक सुरक्षा संस्था र स्थानीय निकायहरूसँग समन्वय गरी काम गर्नेछन्। सम्भावित जोखिम पहिचान र दुर्घटना रोकथामका लागि कृत्रिम बुद्धिमत्ता (एआई), रुट निगरानी प्रणाली तथा चालकको पहिचान प्रमाणीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनु उनको प्राथमिकतामा रहनेछ। याङ्गोका अनुसार गत सेप्टेम्बरमा सार्वजनिक पहिलो सुरक्षा प्रतिवेदनले विश्वभर प्रति १० लाख यात्रामा रिपोर्ट गरिएका गम्भीर ट्राफिक नियम उल्लङ्घनका घटना ३१ प्रतिशतले घटेको देखाएको छ। यस्ता घटना ९.८३ बाट घटेर ६.७६ मा पुगेका छन्। कम्पनीले चालक तथा कुरियरलाई तालिम दिने, हेल्मेट र सुरक्षात्मक सामग्री वितरण गर्ने तथा स्थानीय निकायसँग मिलेर सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। नेपालसहित पाकिस्तान, सेनेगल, कोलम्बिया र भेनेजुएलामा पनि हेल्मेट वितरण गरिएको कम्पनीले जनाएको छ। जेम्ल्यान्स्कीले विगत पाँच वर्षदेखि राइड–हेलिङ सेवाको सुरक्षा प्रविधिमा काम गर्दै आएका छन्। उनले यसअघि टेक्निकल प्रोडक्ट म्यानेजरदेखि हेड अफ सेफ्टी टेक्नोलोजिजसम्मका जिम्मेवारी सम्हालेका थिए। The post याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त appeared first on Technology Khabar.
याङ्गो ग्रुपको ग्लोबल हेड अफ सेफ्टीमा रोमन जेम्ल्यान्स्की नियुक्त

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






